visit-nepal

यसकारण चीनले बन्द गर्दैछ ‘विश्वकै सबैभन्दा अग्लो मानव निर्मित’ झरना

एजेन्सी, साउन २०
‘चमत्कारको देश’ भनेर चिनिने चीनले आफ्नो देशमा रहेको विश्वकै सबैभन्दा ठूलो र अग्लो मानवनिर्मित झरना बन्द गर्ने भएको छ । एक विशाल र गगनचुम्बी महलमा बनाइएको उक्त भरना बनाइएको २ वर्षपछि नै बन्द हुने भएको हो ।

एजेन्सीहरूले जनाएअनुसार निकै ठूलो लगानीबाट बनाइएको यो झरना सञ्चालन गर्न पनि उत्तिकै खर्चिलो रहेको छ । यसै कारणले चिनियाँ सरकारले उक्त कृत्रिम झरना बन्द गर्ने तयारी गरेको हो ।

सुरुमा चिनियाँ सरकारले यो झरनाले पर्याप्त पर्यटक तान्ने र त्यसले आम्दानी बढाउने योजनाअनुसार काम गरे पनि अहिले आएर उक्त झरना आम्दानी दिनेभन्दा बढी खर्चालु भएको छ । जसबाट सरकारलाई आर्थिक भार बढिरहेको छ ।

थुप्रैले यसलाई हतारमा गरिएको महत्त्वकांक्षी र बेतुकको काम भनेर खिल्लीसमेत उडाइरहेका छन् । चीनको गुइयांग सहरमा बनाइएको उक्त झरना १ सय ८ मिटर अर्थात् ३ सय ५० फिट अगग्लो छ ।

करिब २ वर्षअघि तयार पारिएको उक्त भरना हालसम्म मुस्किलले मात्रै ६ पटक सञ्चालन गरिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

Loading...