visit-nepal

यी किशोरी जसको आँखाबाट ढुंगाको आँसु झर्छ !

एजेन्सी, साउन २०
आँसु तरल पदार्थ हो । र, यो आँखाबाट निस्कन्छ । के आँखाबाट ढुंगाको आँसु निस्कन सक्ला ? यो असम्भजस्तै लाग्छ ।

तर, यो संसारमा एउटी यस्ती युवती छिन्, जसका आँखाबाट हाम्रो आँखाबाट झर्ने आँसु नभई ढुंगाको आँसु झर्छ । सुन्दै अचम्म !

हो, यो घटना मध्यपूर्वी देश यमनको हो । उक्त देशको एक दुर्गम गाउँमा सादिया सलेह नामकी एक १६ वर्षीया किशोरी छन्, जो आँखाबाट ढुंगाको आँसु झार्छिन्, पत्थरका साना–साना टुक्रा ।

एकदिन उनी पीडा भएर डाक्टरकहाँ समस्या लिएर गइन् । उनले रुँदै आफ्ना समस्या राख्दा उनका आँखाबाट पत्थरकै आँसु झरिरहेको देखेपछि डाक्टरहरू नै तीनछक्क परेका थिए ।

ती डाक्टरले किशोरीको आँखाबाट झरेका ढुंगाको परीक्षण गरे पनि त्यसबाट खास नयाँ कुरा पत्ता भने लागेन । यता, उक्त गाउँका बासिन्दा भने दैवीक शक्तिका कारण किशोरीका आँखाबाट ढुंगाको आँसु झरेको बताउँछन् ।

प्रतिक्रिया

Loading...