यस्ता छन् आजका पत्रपत्रिकाको फ्रन्ट पेजमा छापिएका खबर

विराटनगर, साउन २०
आज काठमाडौंमबाट प्रकाशित अधिकांश ठूला पत्रपत्रिकाले प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशी आजबाट १५ दिन बिदा बस्न लागेको खबरलाई फ्रन्ट पेजमा छापेका छन् । अन्य पत्रपत्रिकाले पनि जोशीसँग सम्बन्धित अन्य समाचारलाई महत्त्व दिएका छन् ।

आज नागरिक दैनिकले जोशी प्रकरणमा ‘संवैधानिक परिषद्माथि प्रश्न’ शीर्षकमा विशेष सम्पादकीय नै लेखेको छ । त्यस्तै, उसले ‘आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा’ शीर्षकमा अर्को मुख्य समाचार छापेको छ ।

अर्को पत्रिका अन्नपूर्ण पोष्टले जोशी प्रकरणलाई नेपाली कांग्रेसले अन्तर्राष्ट्रियकरण गर्ने समाचारलाई मुख्य समाचार बनाएको छ । समाचारमा अस्वीकृत जोशीले पदबाट राजीनामा नदिए नेकपाले महाअभियोग लगाउने चेतावनी उल्लेख गरिएको छ ।

अर्को दैनिक नयाँ पत्रिकाले फ्रन्ट पेजमा दिल्लीबाट ६८ नेपालीको उद्धार भएको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, राजधानी दैनिकले ३२ हजार कर्मचारी सरकारले हटाउन लागेको खबरलाई मुख्य प्राथमिकतासाथ छापेको छ ।

गोरखापत्र दैनिकले १ सय १२ दलले सम्पत्ति विवरण नबुझाएको खबरलाई फ्रन्ट पेजमा मुख्य समाचार बनाएको छ । अर्को पत्रिका नेपाल समाचारपत्रले जोशीले प्रमाणपत्र छानबिन गर्न चुनौती दिएको विषयलाई पनि मुख्य समाचार बनाएको छ ।

Loading...