नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय रोबोट प्रदर्शनी प्रतियोगितामा भाग लिँदै

0

काठमाडौं, साउन १९
नेपाली विद्यार्थी आफूले बनाएका रोबोटलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शनीमा राख्न लागिपरेका छन् । यही भदौ ९ गते भियतनामको निङविङ सहरमा अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता आयोजना हुँदैछ ।

उक्त प्रतियोगितामा आफूले बनाएका रोबोट प्रदर्शनीमा राख्न इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका विद्यार्थी लागिपरेका हुन् । उक्त प्रतियोगितमा एसिया प्रशान्त क्षेत्रका चीन, जापान, इजिप्ट, रुसलगायत देश हुनेछन् । जम्मा २० देशले प्रतियोगितामा भाग लिने बताइएको छ ।

उक्त प्रतियोगितामा भाग लिन इन्जिनियरिङ अध्ययन संस्थाको रोबोटिक्स क्लबबाट नेपालका तर्फबाट १६ जना विद्यार्थी भियतनाम उडेका छन् ।

नेपाली विद्यार्थीले भियतनामतर्फ उड्नुअघि प्रतियोगिताको पूर्वतयारीस्वरूप शुक्रबार पुल्चोक क्याम्पसमा आफूद्वारा निर्मित सामग्री प्रदर्शनीमा राखिएको थियो ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW