Rumpum

Rumpum Advertisement

‘प्रेमीसँग रंगेहात भेटिएकी’ महिला, जसले पतिकै लिंग टोकेर चुँडाइदिइन् !

‘प्रेमीसँग रंगेहात भेटिएकी’ महिला, जसले पतिकै लिंग टोकेर चुँडाइदिइन् !

एजेन्सी, साउन १९
‘डेली मेल’मा प्रकाशित खबरअनुसार भारतमा एक महिलाले आफ्नै पतिको लिंग टोकेर चुँडाइदिएकी छन् । प्रेमीसँग रोमान्स गरिरहेको अवस्थामा रंगेहात फेला परेपछि उनले आवेशमा आएर पतिकै लिंग टोकेर चुँडाएको खबरमा उल्लेख गरिएको छ ।

यो खबर हाम्रो छिमेकी देश दक्षिण भारतको भेल्लोर जिल्लाको हो । उक्त जिल्लाको एक गाउँमा बस्ने ४५ वर्षकी जयन्ती नाम गरेकी महिलालाई स्थानीय प्रहरीले पतिको हत्या प्रयास गरेको आरोपमा मुद्दा चलाएको छ ।

प्रहरीले सुरुमा शरीर अंगभंगमा मुद्दा चलाए पनि अहिले महिलालाई हत्या प्रयासमा मुद्दा चलाएको बताइएको छ । प्रहरीका अनुसार ती महिला आफ्नो पति ५५ वर्षीय सेन्तामराइसँग गाउँको एक मन्दिरमा लागेको मेला हेर्न गएकी थिइन् ।

तर, मेला चलिरहेको बेला उनकी पत्नी फ्रेस हुन भन्दै दिउँसो बाहिर निस्किन् । तर, फ्रेस हुन गएकी पत्नी निकैबेरसम्म पनि आइनन् ।

तब उनका पति पत्नी खोज्न हिँडे । सोहीक्रममा उनले आफ्नी पत्नीलाई अर्कै पुरुषसँग रोमान्स गर्दै गरेको अवस्थामा भेट्टाए । तब उनी रिसले चुर भए ।

त्यसैबेला उनले दुवैलाई प्रहरीलाई बुझाउने धम्की दिए । त्यहाँ तीनजनाबीच घम्साघम्सी पनि चल्यो । त्यसैबेला सेन्तामराइको धोती खुस्कियो । भर्खरै पतिले घटना सार्वजनिक गर्ने धम्की दिएका थिए । त्यसबाट पत्नी डराएकी थिइन् ।

तब धोती फुस्केको मौका छोपेर पत्नीले आफ्नै पतिको लिंग टोकिन् । त्यो पनि क्षतविक्षत हुने गरी । उनले लिंग टोकेर चुँडाइदिएको खबरमा भनिएको छ । पछि लिंग चुँडिएपछि पीडामा छटपटाइरहेका बेला उनी आफ्ना प्रेमीसँग भागिन् ।

खबरअनुसार अहिले सेन्तामराइको चेन्नईको एक अस्पतालमा उपचार भइरहेको छ । र, उनको अवस्था सुधारोन्मुख छ ।

यता, प्रहरीले धनचनमूर्ति (पत्नीकी प्रेमी) लाई अनेक जुक्ति लगाएर समातेको छ । साथै, लिंग टोक्ने पत्नीलाई पनि प्रहरीले पक्रेको छ । उनले आफ्नो अपराध स्वीकारेकाले उनलाई आवश्यक कारबाही अघि बढाइएको खबरमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ