विराटनगरका पानी उद्योगमा दिसामा पाइने कोलिफर्म भेटिएपछि कारबाही प्रक्रिया सुरू

0

कोशी अनलाइन
साउन १८, विराटनगर, खानेपानीमा दिसामा पाइने कोलिफर्म भेटिएपछि विराटनगरका ११ पानी उद्योगविरुद्ध कारबाही गरिने भएको छ ।

साउनको पहिलो साता विराटनगरमा सञ्चालित २० वटा पानी उद्योगहरुमा गरिएको अनुगमनबाट ११ वटा पानी उद्योगले उत्पादन गरेको पानीमा कोलिफर्मको जीवाणु भेटिएको हो ।

सामाजिक विकास मन्त्रालयको नेतृत्वमा गरिएको अनुगमन पश्चात नमूना परीक्षण गरिएका मध्ये ११ वटा उद्योगको पानीमा सो जीवाणु भेटिएको हो । सामाजिक विकास मन्त्रालयले नमूना संकलन गरेको पानी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परीक्षण गरेको थियो ।

उपसचिव गोपी घिमिरेका अनुसार विराटनगरका पूजा फूड एण्ड वेभरे, तिरुपती, श्री जल, शितल, जोनसन, दिव्य श्री, गंगाजल, गोमारानी, शुभजल, माउण्टेन, हाइमल पानी उद्योगबाट उत्पादित पानीमा कोलिर्फम फेला परेको हो । प्रदेश सरकारले कोलिर्फमको जिवाणु भेटिएका उद्योगलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ । घिमिरेका अनुसार ती उद्योगविरुद्ध मुद्दा दर्ता गरिसकिएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्योगलाई मानव स्वास्थ्यमा हानी पुर्याउने यस्ता खालका त्रुटी गर्न छुट नभएको बताए । साथै उनले ती उद्योगहरुलाई मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

साथै घिमिरेले ११ वटै उद्योगको उत्पादन आज बाटै बन्द गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई निर्देशन दिएको जानकारी दिए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW