visit-nepal

२ हजार वर्ष पुरानो चिहानमा भेटियो कुहिएको रगत !

एजेन्सी, साउन १८
के २ वर्ष पुरानो चिहानमा रगत रहला ? झट्ट सुन्दा यो अपत्यारिलोजस्तो लाग्छ । तर, यो सत्य घटना हो ।

भएको के थियो भने, इजिप्टको अलेक्जेन्ड्रिया भन्ने सरहमा तीन हप्ताअघि त्यहाँको सरकार मातहतको पुरातत्त्व विभागले उत्खनन कार्य गरेको थियो । त्यसक्रममा करिब १६ फिट खनेपछि सबै अचम्ममा परे । त्यहाँ झन्डै २ हजार वर्ष पुरानो एक चिहान भेटियो ।

खबरअनुसार उक्त चिहान २७ हजार किलो तौलको ढुंगाबाट तयार पारिएको थियो । यो घटना त्यस क्षेत्रमा निकै चर्चित पनि छ । कतिपयले त्यसलाई रहस्यमयी चिहान नै मान्छन् । स्थानीयले चिहान खन्न नदिने अवस्थाबीच सरकारले चिहान खनेको थियो ।

त्यसैक्रममा स्थानीय बासिन्दाले चिहान खनेको रमिता हेरिरहेका थिए । जब चिहानको निकै तल पुगियो, त्यहाँ नयाँ दृश्य देखिए । करिब २ हजार वर्ष पुरानो त्यस चिहानमा ३ जना मानिसका कंकाल फेला परे ।

त्यत्ति मात्रै हैन, त्यससँगै त्यहाँ कुहिएको हजारौं वर्ष पुरानो रगत पनि थियो । पानी मिसिएको रगत दुरुस्त रगतजस्तै देखिन्थ्यो । सरकारी अधिकारीले बताएअनुसार ती शव सम्भवतः सेनाका हुन सक्छन् ।

पछि घटना बाहिर आएपछि अधिकारीले ती शव निकालेर कंकाल नेसनल म्युजियमलाई जिम्मा लगाएका छन् । अहिले उक्त चिहानको हेरचाह सरकारी सेनाले नै गरिरहेको खबरमा उल्लेख गरिएको छ ।

घटना बाहिरिएपछि त्यहँका एक मानिसले अनलाइनबाट आफूले पानी मिसिएको दुर्गन्धित उक्त रगत पिउन चाहेको बताएका छन् । सोही विषयले अहिले निकै चर्चा पाइरहेको छ । थुप्रैले उनलाई रगत पिउने विषयमा साथ दिइरहेका छन् । ती व्यक्तिले भेटिएको गन्हाउने रगत पिएर आफू शक्तिशाली बन्न चाहेको दाबी गरेका छन् ।

यद्यपि, त्यहाँका सरकारी अधिकारीले भने पानी मिसिएको उक्त रगतलाई रगत नभएर अन्य कुनै तरल पदार्थ रहेको हुनसक्ने बताएका छन् । उनीहरूले उक्त रगत मिसिएको पानी पिउन नहुने पनि बताएका छन् । तर, त्यहाँ त्यसरी भेटिएको रगत पिउन चाहनेको संख्या पनि बढिरहेको छ ।

प्रतिक्रिया

Loading...