birat ribon

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने नेपाली कांग्रेको माग

Neuro
बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने नेपाली कांग्रेको माग

कोशी अनलाइन
साउन १३, मोरङ, आजको संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउनुपर्ने माग गरेकी छन् । उनले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी गराउँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने माग गरेकी हुन् ।

cura insider

उनले भनिन्, ‘७७ वर्षीया वृद्धादेखि साढे दुई वर्षीया बालिकासम्म श्रृंखलावद्ध बलात्कृत भइरहेका छन् । बलात्कारीलाई कानुन संसोधन गरेर मृत्युदण्डकोसम्म सजाय दिइनुपर्छ ।’

उनले सरकारले बलात्कारीलाई खोजेर कारवाही गर्नुको साटो स्थानीय जनतालाई कारवाही गरेको भन्दै उनले आक्रोश पोखिन् ।

आजको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन् । कतिपय सांसदले यस विषयमा गृहमन्त्रीको जवाफसमेत मागेका छन् ।

टयूसन पढ्न गएकी पन्तको उखुबारीमा शव भेटिएको थियो ।

jackson ribon