birat ribon

प्रियंकाको गर्धनमा ‘आयांक’ नामक ट्याटू

Neuro
प्रियंकाको गर्धनमा ‘आयांक’ नामक ट्याटू

कोशी अनलाइन
साउन १३, मोरङ, केही समय अघिदेखि अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी प्रेममा छन् । यी दुई केही दिनअघि मात्र इंजेगमेन्ट गरे ।

cura insider

इंगेजमेन्टपश्चात प्रियंकाले ‘कथा काठमाडौं’ नामक फिल्मको शीर्ष गीतमा केही बोल्ड सिन दिएका कारण विवादमा आएकी थिइन् । गीतमा प्रियंकाले अभिनेता प्रमोद अग्रहरीसँग भल्गर बेड सिन दिएकी छिन् जुन नेपाली समाजमा सहजै पच्ने खालको छैन । यसले आयुष्मान र प्रियंकाको सम्बन्धमा समेत असर पर्नसक्ने भनेर आलोचना भैरहेको छ ।

अहिले प्रियंकाले उनको गर्धनमा खोपेको ट्याटुृका कारण चर्चामा छिन् । इन्गेजमेन्टपछि आयुष्मान र प्रियंकाले आफूहरुको संयुक्त नाम ‘आयांक’ राखेका छन् ।

प्रियंकाले आफ्नो गर्धनमा यही नाममा ट्याटु खोपेकी छिन् । उनले सधैभरीको माया भन्दै ट्याटु खोपेको तस्बिर सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।

jackson ribon