birat ribon

‘रामोस फुटबलर हुन् कि रेसलर ?’

Neuro
‘रामोस फुटबलर हुन् कि रेसलर ?’

कोशी अनलाइन
साउन १३, मोरङ, च्याम्पियन्स लिगको फाइनल खेलमा लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहलाई घाइते बनाएका रियल मिड्रडका रामोस कुनै रेस्लिङ खेलाडी जस्ता भएको लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले बताएका छन् ।

इजिप्टियन स्टार सालाहले गत मे महिनामा बोकेको चोटका कारण विश्वकपमा समेत उच्च प्रदर्शन कायम गर्न नसकेको भन्दै उनले रामोसलाई रेस्लरको संज्ञा दिएका हुन् ।

cura insider

च्याम्पियन्स लिग फाइनलको दुई महिनापछि बोल्दै क्लोपले रामोसको त्यो व्यवहार कुनै रेस्लरको भन्दा कम नभएको र निकै खराब रहेको बताए । ६३ दिनपछि मुख खोलेका क्लोपले रामोसले त्यो खेलमा देखाएको व्यवहार निकै खराब रहेको र व्यक्तिगत रुपमा पनि रामोस प्रतिको धारणा नकारात्मक रहेको बताए ।

साथै उनले सलाह फेरि एकपटक प्रिमियर लिगमा उत्कृष्ट खेल्ने पनि बताए ।

सालाहलाई रियलका डिफेन्डर रामोसले फाउल गरेर घाइते बनाएका कारण सालाहले सो फाइनल खेल पूरै खेल खेल्न पाएनन् । त्यती मात्र नभएर उनी रसिया विश्वकपको पहिलो खेलसम्म मैदानबाहिर बस्न बाध्य भएका थिए ।

jackson ribon