birat ribon

पीएसजीको पोलमा आर्सनलको पाँच गोल

Neuro
पीएसजीको पोलमा आर्सनलको पाँच गोल

कोशी अनलाइन
साउन १३, मोरङ, अमेरिकामा जारी इन्टरनेशनल च्याम्पियन्स कपअन्तर्गत पीएसजीविरुद्धको खेलमा आर्सनलले शानदार जित निकालेको छ । आर्सनलले फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ५–१ को जित हात पार्दा एलेक्जेन्डर लाकाजेट्टेले २ गोल गरे भने ओजिल, रोबर्ट र इडवार्डले समान एक एक गोल गरे ।


आर्सनलका लागि खेलको १३ औं मिनटमा मेसुट ओजिलले सुरुवाती गोल गरेका थिए । यद्यपि दोस्रो हाफको ६० औं मिनटमा क्रिष्टोफर एलनले पिएसजीका लागि बराबरी गोल फर्काएका थिए । तर फ्रेन्च क्लबले त्यो गोलको खुशी धेरै बेर मनाउन सकेन ।

cura insider

उता खेलको ६७ र ७१ औं मिनटमा एलेक्जेन्डर लाकाजेट्टेले लगातार दुई गोल गर्दै आर्सनलको अग्रता तेब्बर पारेका थिए । त्यस्तै ८७ औं मिनटमा रोबर्ट होल्डिङले आर्सनलका लागि चौथो गोल गरे भने खेलको अन्तिमतिर इन्जुरी समयमा इडवार्ड केडरले आर्सनलका लागि पाँचौं गोल गर्दै गनर्सको जित पक्का गरे ।

jackson ribon