birat ribon

किशोरी बलात्कारमा जानकारी दिन सरकारलाई निर्देश

Neuro
किशोरी बलात्कारमा जानकारी दिन सरकारलाई निर्देश

काठमाडौँ, १३ साउन
सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सांसदको मागपछि सभामुख महराले सो घटनाका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सभामुख र उपसभामुखका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले सो विषयमा सदनमा छलफल हुन नसक्ने जानकारी दिनुभयो । सांसदले सभामुख र उपसभामुख एउटै दलको हुन नसक्ने भन्दै पटक पटक धारणा राखेपछि सभामुखले अदालतमा विचाराधीन मुद्दामाथि छलफल हुन नसक्ने स्पष्ट गर्नुभयो ।

cura insider

रासस

jackson ribon