birat ribon

इन्टर मिलानविरुद्ध चेल्सीको पेनाल्टीमा सफलता

Neuro
इन्टर मिलानविरुद्ध चेल्सीको पेनाल्टीमा सफलता

कोशी अनलाइन
साउन १३, मोरङ, अमेरिकामा जारी इन्टरनेशनल च्याम्पियन्स कपअन्तर्गतको इन्टर मिलनसँगको खेलमा चेल्सिले पेनाल्टीमार्फत जित दर्ता गराएको छ ।

cura insider

प्रि–सिजन टुरमा पहिलो खेल खेल्दै इन्टरमिलानमाथि जित निकालेर चेल्सीले ३ अंक बनाएको छ ।

निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि पेनाल्टीबाट नतिजा लिइएको खेलमा चेल्सीले ५–४ को जित निकाल्यो । निर्धारित समय १–१ को बराबरी खेल्दा चेल्सीका लागि पेड्रोले आठौं मिनेटमा गोल गरेर पहिलो हाफ १–० को अग्रता दिलाएका थिए ।

यसैगरी खेलको दोस्रो हाफको सुरुवातमै इन्टरका रोबर्टो ग्याग्र्लीदीनिले गोल गर्दै खेल बराबरीमा ढालेको थिए ।

jackson ribon