birat ribon

लिभरपुलले निकाल्यो म्यानचेस्टर युनाइटेडमाथि शानदार जित

Neuro
लिभरपुलले निकाल्यो म्यानचेस्टर युनाइटेडमाथि शानदार जित

कोशी अनलाइन
साउन १३, मोरङ, अमेरिकामा जारी इन्टरनेशनल च्याम्पियन्स कपअन्तर्गतको म्यानचेस्टर युनाटेडसँगको खेलमा लिभरपुलले शानदार जित निकालेको छ । प्रि–सिजन टुरमा युनाइटेडमाथि ४–१ को जित दर्ता गर्दा लिभरपुलका जेर्डान शाक्विरी, साडिओ माने, डेनियल स्टुरेज र सेयी ओजोले गोल गरे । युनाइटेडका लागि आन्द्रेयास परेराले १ गोल फर्काए पनि त्यसले कुनै अर्थ राखेन ।

साडियो मानेले लिभरपुलका लागि खेलको २८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा युनाइटेडका आन्द्रेयास परेराले ३१ औं मिनेटमा गोल फर्काउँदै पहिलो हाफमा १–१ को बराबरी गरेका थिए ।

cura insider

दोस्रो हाफमा युनाइटेडले लगातार ३ गोल खायो । ६६ औं मिनेटमा डेनियलले गोल गरे भने ७४ औं मिनेटमा सेयी ओजोले पेनाल्टीमार्फत गोल गर्दै ३–१ को अग्रता दिलाएका थिए । यसैगरी खेलको ८२ औं मिनेटमा जेर्डान शाक्विरीले गोल गर्दै युनाइटेडविरुद्ध ४–१ को जित दर्ता गराए ।

जितसँगै लिभरपुलले ६ अंक बनाउँदै दोस्रो स्थान ओगटेको छ भने युनाइटेड २ अंकसहित १२ औं स्थानमा छ । ७ अंकसहित पहिलो स्थानमा डर्टुमण्ड रहेको छ ।

jackson ribon