birat ribon

बार्सिलोनाको पेनाल्टीमा जित, दुई ब्राजिलियन खेलाडीको पहिलो खेलमै गोल !

Neuro
बार्सिलोनाको पेनाल्टीमा जित, दुई ब्राजिलियन खेलाडीको पहिलो खेलमै गोल !

कोशी अनलाइन
साउन १३, मोरङ, अमेरिकामा जारी इन्टरनेशनल च्याम्पियन्स कपअन्तर्गत आजको खेलमा बार्सिलोनाले टोटनह्यालाई पेनाल्टीमा पराजित गरेको छ । पेनाल्टीअन्तर्गत टोटनह्यामलाई ५–३ ले हराउँदा ब्राजिलियन खेलाडी माल्कोम र अर्थुरले डेब्यू खेलमै गोल गरेका छन् ।

cura insider

नयाँ सिजन सुरु हुनुअघिको प्रि–सिजन टुरमा अर्थुरले निर्धारित समयमै गोल गरे भने माल्कोमले पेनाल्टी सुट आउटमा गोल गरे ।
खेलको पहिलो हाफमै २–० अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल खान पुग्यो । बार्सिलोनाका लागि खेलको १५औं मिनेटमा मुनिरले गोल गरे भने खेलको ३० औं मिनेटमा अर्थुरले गोल गरे ।

यता, टोटनह्यामका लागि खेलको ७३औं मिनेटमा सनले गोल गरे भने ७५औं मिनेटमा कोउडुले गोल गर्दै खेल बराबरी बनाए । त्यसपछि ९० मिनेटमा दुवै पक्षबाट गोल भएन । र, खेल २–२ को बराबरीमा सकियो ।

त्यसपछि पेनाल्टी सुट आउटमा बार्सिलोनाका खेलाडीले ५ वटै गोल गर्न सफल भयो भने टोटनह्यामका दुई पेनाल्टी विफल भएका थिए ।

jackson ribon