birat ribon

बेलबारीको पहिचानका लागि बेलको विरुवा रोप्ने कार्य सुरु

Neuro
बेलबारीको पहिचानका लागि बेलको विरुवा रोप्ने कार्य सुरु

उत्तम पोख्रेल
कोशी अनलाइन
साउन १३, मोरङ, मोरङको बेलबारी नगरपालिकाको दोस्रो नगरसभाबाट बेलबारी नगरपालिकालाई हरितनगरी बनाउने लक्ष्यका साथ एकघर दुई विरुवाको अवधारण अगाडि बढाइरहेका बेला अमना सिसौली सामुदायिक वनले विरुवा रोप्न थालेको छ ।

cura insider

बेलबारी३ मा पशुहाट लाग्ने जग्गा छेउ लोहान्द्रा खोला किनारमा उक्त सामुदायिक वनले २ सय विरुवा रोपेको छ । नगरपालिकाको सहयोगमा सामुदायिक वनले बेल, स्वामी, बर–पिपल, कपुर, फूल्ने सिरीस, मसला, कदम, टिक र बाँसलगायतका विरुवा रोपिएको अमना सिसौली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लिलाप्रसाद आचार्यले जानकारी दिए । बेलबारीलाई पहिचान दिनका लागि बेलको विरुवा बढी रोपिएको अध्यक्ष आचार्यको भनाइ छ ।

एक हप्तामा २ हजार विरुवा रोप्ने लक्ष्य

अमना सिसौली सामुदायिक वनले एक हप्तामा २ हजार विरुवा रोप्ने लक्ष्य लिएको जनाएको छ । वनको जग्गा भित्र खाली रहेको जमिना विभिन्न खालका २ हजार भन्दा बढी विरुवा रोप्ने लक्ष्य लिएको अध्यक्ष आचार्यले बताए ।

‘विरुवा रोप्ने मात्रै हामीले कार्यक्रम ल्याएका छौनौं,’ अध्यक्ष आचार्यले भने, ‘वैज्ञानिक वन व्यवस्थापनसँगै रोपिएका विरुवाको संरक्षण गर्ने योजनासमेत बनाएका छौं ।’

बेलबारीको पहिचान दिन बेलको विरुवा

अमना सिसौली सामुदायिक वनले बेलबारीको पहिचान समेत विरुवामार्फत खोजेको छ । बेलका रुख धेरै भएका कारण बेलबारी भएको भन्ने केही वृद्धवृद्धाको भनाई रहेको छ भने केही इतिहासकारले बेल धिमाल थर बसोवास गरेका हुनाले बेलबारी नाम हुन गएको बताउँछन् । तर, सामुदायिक वनले बेलबारीको पहिचानका लागि बेलको विरुवा रोप्ने अभियान थालेको छ ।

jackson ribon