birat ribon

युभेन्ट्सले निकाल्यो पेनाल्टीमा जित, बेन्फिका ४–२ ले पराजित

Neuro
युभेन्ट्सले निकाल्यो पेनाल्टीमा जित, बेन्फिका ४–२ ले पराजित

कोशी अनलाइन
साउन १३, मोरङ, अमेरिकमा जारी इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब युभेन्ट्सले पेनाल्टीमा जित निकालेको छ । शनिबार रातिको खेलमा युभेन्ट्सले पोर्चुगलको बेन्फिकालाई पेनाल्टी सुटआउट ४ – २ ले पराजित गरेको हो ।


खेलको निर्धारित १ – १ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा युभेन्ट्सका चार खेलाडीले गोल गरेका थिए । बेन्फिकाका दुई खेलाडीले मात्र गोल गर्न सक्यो ।

cura insider

यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बेन्फिकाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६५ औं मिनेटमा एलेक्स ग्रिमाल्डोले गोल गर्दै बेन्फिकालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८४ औं मिनेटमा युभेन्ट्सका लुका क्लेमेन्जाले गोल गर्दै खेल १ – १ गोलको बराबरीमा ल्याएका थिए ।

jackson ribon