birat ribon

हातमा पसिना आऔन समस्याबाट मुक्त हुने उपायहरु यस्ता छन्

Neuro
हातमा पसिना आऔन समस्याबाट मुक्त हुने उपायहरु यस्ता छन्

 

cura insider

शरीरबाट पसिना निस्कनु सामन्य हो । पसिनाको माध्यमबाट हाम्रो शरीरभित्र रहेका विभिन्न बिकारहरु बाहिर निस्कने गर्छन् । शरीरको अन्य भागभन्दा केहि मानिसहरुको हातबाट बडी पसिना आउने गर्छ । यसले गर्दा उनीहरुको हात चिल्लो हुन्छ र कुनै पनि काम गर्न निकै अप्ठ्यारो हुने गर्छ । हातमा पसिना आउने समस्यालाई चिकित्सा भाषामा ‘हाइपरहाइड्रोसिस‘ भनिन्छ । यो समस्या जाडो महिनामा पनि कतिपयमा देखिने गर्छ ।

यस समस्याबाट मुक्त हुने केहि उपायहरु यस्ता छन् :

१) हातमा हलुका सेतो पाउडर लगाउनुहोस् । जस्तै बेबि पाउडर, सुगन्धीत अथवा सुगन्ध नभएको दुवै प्रयोग गर्न सक्नुहुन्छ । बेकिङ्ग पाउडर अथवा मकैको पीठोको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

२) लुगाको रुमालको सट्टा कागजको रुमाल प्रयोग गर्नुहोस् ।

३) आफ्नो साथमा सँधै पेपर टावल राख्ने बानी बसाल्नुहोस्, कसैसँग हात मिलाउनु छ भने उक्त टावलले पुछ्नुहोस्, किनभने पसिनाबाट किटाणुहरू सर्ने सम्भावना हुन्छ ।

४) घाममा हिँड्दा छाताको प्रयोग गर्नुहोस् ।

५) हातले कपालमा नछुनुहोस्, किनभने कपालले अत्याधिक मात्रामा घर्षण गराउँदछ र तापक्रम बढाउँदछ ।

६) तपाइ घर अथवा अफिसमा हुँदा पंखा चलाउनुहोस् । शरीरलाई सकेसम्म चिसो राख्नुहोस् । तातो पेय पदार्थहरू नपिउनुहोस्, जस्तै कफीको सेवन बन्द गर्नुहोस्, चिया सकेसम्म कम खानुहोस् ।

७) हातमा लगाउने पन्जाको प्रयोग नगर्नुहोस् ।

८) साधारण व्यक्तिले भन्दा धेरै मात्रामा नै हात धुनु जरुरी हुन्छ । तर हात धुँदा साबुन पानीले नधुनुहोस्, किनभने साबुनले तपाइँको हातलाई अझै धेरै सुख्खा बनाउँदछ र झन् बढी पसिना आउँन टेवा पुग्दछ । अनि हात धोइसकेपछि सुख्खा र सफा कागजको रुमालले पुछ्ने गर्नुहोस् ।

९) पेट्रिलियमबाट बनेको लोसनहरूको प्रयोग नगर्नुहोस् ।

jackson ribon