birat ribon

कार्यालय भवन निर्माणका लागि नगरप्रमुखद्वारा जग्गा दान

Neuro
कार्यालय भवन निर्माणका लागि नगरप्रमुखद्वारा जग्गा दान

राजविराज, १३ साउन
सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्नुभएको छ । उहाँले करीब रु पाँच करोड मूल्य बराबरको जग्गा दान गर्नुभएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको केन्द्र वरसाइन बजारमा कार्यालयको नयाँ भवन निर्माणको उद्देश्यले आफ्नै नाममा रहेको १० कट्ठा जग्गा दान गर्नुभएको हो । पहिलेदेखि सञ्चालनमा रहेको नगरपालिकाको कार्यालय कृषि सेडमा सञ्चालन हुँदै आएको थियो । उक्त स्थानमा सेवाग्राहीअनुसार ठाउँ नरहेकाले जनतालाई सुविधा हुने गरी बजारमै नयाँ कार्यालय भवन निर्माण होस् भनेर उहाँले आफ्नै जग्गामा नगरपालिका भवन निर्माण गर्न लागिएको बताइएको छ ।

cura insider

रासस

jackson ribon