birat ribon

मुसहर बस्ती निर्माणका लागि रु तीन लाख सहयोग

Neuro
मुसहर बस्ती निर्माणका लागि रु तीन लाख सहयोग

रत्ननगर, चितवन १३ साउन
रोटरी क्लब अफ रत्ननगरका तृतीय उपाध्यक्ष प्रकाश अर्यालले मुसहर बस्ती निर्माणका लागि रु तीन लाख रकम हस्तान्तरण गर्नुभएको छ । रोटरी क्लब अफ रत्ननगरको पदस्थापन कार्यक्रममा शनिबार राति रत्ननगरमा आयोजित एक कार्यक्रमबीच उहाँले उक्त रकमको चेक रोटरी क्लब अफ रत्ननगरलाई हस्तान्तरण गर्नुभएको हो । चितवनको सौराहास्थित मुसहर बस्तीमा रत्ननगर रोटरीको अगुवाइमा ‘रोटरी मुसहर नमूना बस्ती’ निर्माण गरिएको छ ।

आफ्नो पहलमा रोटरी अष्ट्रेलिया वल्ड कम्युनिटी सर्भिसले रु दुई लाख ८१ हजार पठाएको र त्यसमा आफूले रु १९ हजार थपेर रु तीन लाख मुसहरको घर निर्माणका लागि हस्तान्तरण गरिएको अर्यालले बताउनुभयो । रोटरी क्लब अफ रत्ननगरले सौराहामा हालै मुसहरका लागि १२ घर निर्माण गरेको छ भने अझै केही घरहरु निर्माण गर्ने घोषणा गरेको छ । यसैबीच शनिबार रत्ननगरमा रोटरी क्लब अफ रत्ननगर, रोट्र्याक्ट क्लब अफ रत्ननगर र इन्ट्र्याक्ट क्लब अफ रत्ननगरको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको हो ।

cura insider

रत्ननगर रोटरीका निवर्तमान अध्यक्ष विष्णु शर्माले नयाँ अध्यक्ष जनक पौडेललाई, रोट्र्याक्टका विनोद खतिवडाले नयाँ अध्यक्ष नवीन दवाडी र इन्ट्र्याक्टका अभिषेक घिमिरेले नयाँ अध्यक्ष स्मृति वनलाई पद हस्तान्तरण गर्नुभएको थियो । रोटरी क्लब अफ नेपाल एण्ड भुटान ३२९२ को सन् २०१९/२० का लागि निर्वाचित गभर्नर किरणलाल श्रेष्ठले सामूहिक एकताबाट रोटरीले धेरै काम गर्दै आएको भन्दै एकता नै बल भएको प्रतिक्रिया दिनुभयो । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले रोटरीले समाजमा गरेको योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

रासस

jackson ribon