birat ribon

बार्सिलोना मुख्य खेलाडीको अनुपस्थितिमा टोटनह्यामविरुद्ध भिड्दै

Neuro
बार्सिलोना मुख्य खेलाडीको अनुपस्थितिमा टोटनह्यामविरुद्ध भिड्दै

कोशी अनलाइन
साउन १२, मोरङ, इन्टरनेशनल च्याम्पियन्स कपअन्तर्गतको आइतबार बिहान ८ः५० देखि सुरु हुने खेलमा बार्सिलोना र टोटनह्याम भिड्दैछन् । नयाँ सिजन सुरु हुनुअघि अमेरिकामा जारी प्रि–सिजन टुरमा बार्सिलोनाले पहिलो खेल खेल्दैछ भने टोटनह्यामले दोस्रो खेल खेल्दैछ ।

cura insider

च्याम्पियन्स कपमा डर्टुमण्ड ७ अंकका साथ पहिलो स्थानमा छन भने टोटनहम ३ अंकका साथ तेस्रो स्थानमा छ । टोटनह्यामले यसअघि भएको आफ्नो पहिलो खेलमा इटालियन रोमालाई ४–१ ले हराउँदै अंक तालिकामा ३ अंक जोडिसकेको छ । तसर्थ, ऊ बार्सिलोनाविरुद्ध पनि जित निकाल्दै अंक तालिकामा बलियो बन्ने दाउमा छ ।

यता, बार्सिलोनाले भने यस खेललाई उति महत्त्व दिएको छैन । अमेरिका टुरमा बार्सिलोनाका टोलीमा अधिकांश मुख्य खेलाडी छैनन् ।

बार्सिलोना टोटनह्यामविरुद्ध उत्रिँदा टोलीको मुख्य खेलाडीहरू लिओनल मेस्सी, लुइस स्वारेज, फिलिपे कोटिन्हो, इभान राकिटिक, सर्जियो बुस्केट्स, जेरार्ड पिकेलगायत खेलाडी हुनेछैनन् । उनीहरू सबै रसिया विश्वकपपछि बिदामै छन् ।

शनिबार खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले अहिले नै आफ्ना सबै खेलाडी टोलीमा सामेल भइनसकेको बताउँदै आफूहरूले कुनै विशेष योजना नबनाएको बताए । ‘हामी यहाँ पनि जित्न आएका छौं,’ उनले भनेका छन्, ‘हामी जित्न मात्रै चाहँदैनौं, राम्रो खेल्न पनि चाहन्छौं ।’

jackson ribon