birat ribon

एन्फाको नयाँ लोगो र जर्सी डिजाइन गर्नेले ५० हजार पाउने

Neuro
एन्फाको नयाँ लोगो र जर्सी डिजाइन गर्नेले ५० हजार पाउने

कोशी अनलाइन
साउन १२, मोरङ, एन्फाले लोगो र जर्सीको डिजाइन गर्नेले ५० हजार पाउने सार्वजकि सूचना जारी गरेको छ । लोगो जीवन्त, आकर्षक हुनुपर्ने र नेपाल र नेपाली फुटबलको प्रतीक झल्कने मापदण्ड तोक्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सो सूचना निकालेको हो ।


खुल्ला प्रतिष्पर्धाबाट लोगो छनोट गर्न एन्फाले शनिबार सार्वजनिक सूचना निकालेको हो । एन्फाले यी तीनै कुराको डिजाइनको लागि अगष्ट १० सम्म समय तोकेको छ । एन्फाले अगष्ट १० भित्र आएकोमध्ये उत्कृष्ट एक लोगो र डिजाइनलाई छनोट गर्नेछ । जुन लोगो एन्फाले आधिकारिक रुपमा प्रयोग गर्नेछन् । एन्फाले उत्कृष्ट लोगो बनाउनेलाई ५० हजार रुपैयाँ दिनेछ ।

cura insider

यस्तै लोगो र जर्सी अन्तराष्ट्रिय स्तरको हुनु पर्नेछ । लोगोमा कपीराइट लाग्ने कुराहरु प्रयोग गर्न पाइने छैन । रंगीन डिजाइनको लोगो र जर्सीमा चार भन्दा बढी रङको प्रयोग गर्न पाइने छैन । त्यस्तै डिजाइन गरिसकेको लोगो उच्च क्वालिटीको हुनुका साथै वाटरमार्क हाल्न पाइने छैन ।

jackson ribon