birat ribon

खेलकूदलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ – मन्त्री विश्वकर्मा

Neuro
खेलकूदलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ – मन्त्री विश्वकर्मा

साउन १२, पोखरा, युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले खेलकूदलाई मनोरञ्जनको साधनमात्र नबनाइ आर्थिक समृद्धि र सामथ्र्यसँग जोड्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा पोखरामा आज आयोजित प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए ।

cura insider

खेलकूद राष्ट्रिय गौरव बढाउने एक सशक्त माध्यम रहेको बताउँदै मन्त्री विश्वकर्माले खेलकूद आयोजना गर्नका लागिमात्रै नभई राष्ट्रिय पहिचानका लागि पनि खेलकूद अपरिहार्य भएको उल्लेख गरे । पोखरामा खेलकूदको प्रचुर सम्भावना रहेको बताउँदै उनले प्रकृतिको बरदानस्वरुप प्राप्त पोखरा र गण्डकी प्रदेश साहसिक र हाइ अल्टिच्युटजस्ता खेलको माध्यमद्वारा पर्यटन प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्न सकिने बताए ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) लाई प्रतिष्ठाको विषय रहेको बताउँदै पोखरामा आयोजना हुने केही खेललाई सम्पूर्ण पोखरेलीले एकजुट भएर सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

पार्टीका संस्थापक नेता पुष्पलालले मार्ग निर्देशन गरेको समृद्ध नेपाल र सुखी नेपालीको सपना आज पनि उत्तिकै प्रेरणादायी रहेको धारणा राख्दै मन्त्री विश्वकर्माले संविधानले खेलकूदलाई जनताको मौलिक अधिकारका रुपमा अगाडि बढाएको प्रष्ट पारे ।

रासस

jackson ribon