birat ribon

रियलले हाजार्ड किन्दा कीर्तिमानी रकम हाल्नुपर्ने

Neuro
रियलले हाजार्ड किन्दा कीर्तिमानी रकम हाल्नुपर्ने

कोशी अनलाइन
साउन १२, मोरङ, रियल जाने हल्लामा रहेका इंग्लिश क्लब चेल्सीका स्ट्राइकर इडेन हार्जाडमाथि चेल्सीले २ सय मिलियन पाउण्ड मुल्य ताेकेकाे छ । स्पेनिस क्लब रियल मड्रिडले क्रिस्टियानो रोनाल्डोको विकल्पकारुपमा हार्जाडलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको भएपनि चेल्सीले २ सय मिलियन पाउण्डमा मात्र बेच्ने जनाएको हो ।

cura insider

बार्सिलोनाबाट गत सिजन नेयमार १ सय ९८ मिलियन पाउन्डमा पिएसजी पुगेका थिए । अहिले सम्मको कीर्तिमानी सरुव रकम त्यहि हो । तर, चेल्सीले भने हाजार्डमाथि विश्वकीर्तिमानी रकमको दाबी गरेको छ ।

चेल्सीका नवनियुक्त प्रशिक्षक सारिजियो सार्री हार्जाडका साथ काम गर्न चाहान्छन् । उनले विलियनलाई बार्सिलोना जानबाट समेत रोकेका थिए । तर, हार्जाडले आफ्नो अनुबन्ध थप नगर्ने डर भने चेल्सीलाई छ । उनको सम्झौता अझै दुई बर्ष बाँकी छ । गोलकिपर थिबउट कार्टोइसको भविष्य समेत अझै अनिश्चित छ । उनी रियल जान खोजिरहेका छन् । उनको अनुबन्ध केवल एक बर्ष बाँकी छ । कार्टोइसले क्लब छोडे चेल्सीले एभर्टनका जोर्नन पिकफोर्डलाई अनुबन्ध गर्ने बताइएको छ ।

यता चेल्सीका नयाँ प्रशिक्षका माउरिजियो सारी हाजार्डलाई गुमाउन चाहदैनन् । सम्भवत, त्यहि कारण पनि उनलाई खरिद गर्न चाहनेले विश्व कीर्तिमानी रकम तिर्नुपर्ने बताइएको छ ।

चेल्सीका अर्का खेलाडी विलियनलाई पनि चेल्सीले चर्को मुल्य तोकेपछि बार्सिलोना जाने चर्चा अहिले सेलाएको छ ।

jackson ribon