birat ribon

११ वर्षअघि शिलान्यास भएको कोल्डस्टोर अझै सञ्चालनमा नआएपछि कृषक मार्कामा, करोडौं लगानी खेर गयो !

Neuro
११ वर्षअघि शिलान्यास भएको कोल्डस्टोर अझै सञ्चालनमा नआएपछि कृषक मार्कामा, करोडौं लगानी खेर गयो !

कोशी अनलाइन
रबिन्द्र बराल
साउन १२, मोरङ, मोरङको रंगेली नगरपालिका ६ स्थित आमतोला चोक नजिकै रहेको कोल्डस्टोर ११ वर्षअघि शिलान्यास भएता पनि अझै सञ्चालनमा नआएपछि दक्षिण–पूर्वी मोरङका कृषकलाई मार्का परेको छ ।

cura insider

वि.स. २०६४ सालमा शिलान्यास गरिएको सो कोल्डस्टोर २०६७ सालमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठिले निर्माण सम्पन्न गरेको थियोे । सो अहिलेसम्म पनि कोल्डस्टोर सञ्चालन नहुँदा रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका र कानेपोखरी गाउँपालिका लगायतका गाउँका कृषकहरुले कोल्डस्टोरेज संन्चालनमा नआउँदा आफूहरुले खेतबारीमा उत्पादन गरेको आलु, प्याज, लसुनलगायतका सामाग्रीहरु सो कोल्टस्टोरेजमा राख्नबाट बन्चित हुनु परेको बताएका छन् । विराटनगरका अरुण शर्माले १२ कठ्ठा जग्गा दान दिएपछि नेपाल भारतको सहयोगमा ३ करोड लागतमा निर्माण भएता पनि सञ्चालनमा नआउँदा बालुवामा पानी बगाए सरह भएको छ ।

२०६४ साल भदौ ७ गते उक्त कोल्डस्टोरेजको शिलान्यास भारतीय राजदुतावासका शिवशंकर मुखर्जीबाट गरिएको थियो । २०६७ सालमा निर्माण सम्पन भएता पनि हालसम्म सञ्चाल नहुदाँ यस भेगका कृषकले उव्जाएको आलु, प्याज, लसुनलगायत सामाग्री नबिग्रियोस भनेर कोल्डस्टोरेजमा राख्नका लागि विराटनगरमा लगेर राख्नुपर्ने बाध्य रहेको छ ।

रंगेली नगरपालिका ३ का कृषक हरिशंकर मण्डलले अहिले ६ बिगाहामा खेती गर्ने गर्दैछन् । उनी आफ्नो खेतमा उत्पादन गरेको आलु नबिग्रियो भनेर कोल्डस्टोरेजमा राख्न विराटनगरस्थित गणेश कोल्डस्टोरेजमा लगेर राख्ने गरेको उनले बताए । आफूले आलु खेतीको समयमा एक सय मन आलु उत्पादन गर्ने गरेको र उक्त आलु कोलस्टोरेजमा राख्नुपर्ने भएको हुनाले उनले प्रतिकेजि ५ रुपैयाँका दरले रकम तिर्नुपर्ने बताए । साथै उनले महंगोमा आलु स्टोरेज गरेपनि कोल्डस्टोरेज वालाले आलु बिग्रिएमा समेत कुनै पनि क्षतिपूर्ति नदिने गरेको समेत सुनाए ।

रंगेली नगरपालिका घर भएका राधेश्याम राजवंशीले भने, ‘आफूहरुले खेतबारीमा उब्जाएको आलु, प्याज, लसुन लगायतका सामाग्रीहरु राम्रो र कुहिन नदिन कोल्स्डटोरेजमा राख्नुपर्ने हुन्छ । तर, कोल्डस्टोरेज संञ्चालनमा नआउदाँ आफूले खेतिमा अहिले आलु उत्पादनसमेत कम गर्ने गरेको बताए । उनले घर नजिकैको कोल्डस्टोरेज सञ्चालनमा आए आफूहरु आलु, प्याजको खेति बढि मात्रामा गर्ने बताए । उनीहरु उक्त कोल्डस्टोरेज संञ्चालनमा नआउदाँ कागलाई बेल पाक्यो हर्ष न बिस्मत भएको अनुभव सुनाउँछन् ।


अर्का कृषक नेत्र भट्टराई आफूहरुले उब्जाएको तरकारीहरु यही नजिकै राख्न पाउने भयो भनेर खुशी भएको तर, अहिलेसम्म सञ्चालनमा नआउँदा आफूहरुलाई समस्या परेको सुनाउँछन् । कम खर्चमै आफूले उब्जाएको आलु, प्याज यही राख्न पाईन्छ भनेर खुशी भएको तर प्रदेश सरकार तथा स्थानीय निकायले ध्यान नदिदाँ र राजनैतिक खिच्चातानीका कारण कृषकहरुले दुःख भोगिरहेको नेत्र भट्टराई सुनाउँछन् । । उनीहरु त पात्र मात्रै हुन् उनीहरु जस्ता कयौं कृषकहरु अहिले पनि विराटनगर कोल्डस्टोरेजका लागि धाउन बाध्य छन् ।

रंगेली नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मिप्रसाद रेग्मीका अनुसार २०७४ साउन २७ गते कार्यपालिकाको निर्णयले उक्त गुठिको सम्बन्धित निकायमा उक्त कोल्डस्टोरेज लिज, करार, वा सधैंका लागि नगरपालिकालाई हस्तान्तरण गर्नका लागि परिपत्र गरेता पनि नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठिलाई लिखित पत्रसहित जानकारी गराएको छ ।


परिपत्र गरेको एक वर्ष बितिसक्दासमेत सम्बन्धित निकायले बेवास्ता गरेका कारण रंगेली नगरपालिकाले २०७४/७५ सालमा समेत उक्त कोल्डस्टोरेजमा रकम छुट्याउन नसकेको र यस आर्थिक वर्ष २०७५÷७६ सालमा समेत बजेट नछुटिआएको समेत बताए ।

रेग्मीका अनुसार सो कोल्डस्टोरेज सञ्चालनमा ल्याउनका लागि ८० लाखदेखि १ करोड रुपैयाँसम्म लाग्न सक्ने उनले बताए । उक्त संस्थाले नगरपालिकालाई लिज, करार वा सधैंका लागि नदिएसम्म नगरपालिकाले उक्त कोल्डस्टोरेजका रकम बिनियोजन गर्न नसकिने समेत बताए ।
यस भेगका अधिकांश कृषकहरु कृषिमा आकर्षित रहेका छन् । यो कोल्डस्टोर समयमै सञ्चालन गर्नु सबै पक्षको जरुरीसमेत रहेको छ ।

jackson ribon