birat ribon

आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने

Neuro
आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुने

साउन १२, काठमाडौँ, ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यले नेपाल–चीन हिमालयमैत्री समाजले विभिन्न पाँच जिल्लाका नगरपालिका तथा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गरेको छ ।

नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा खरिद गरिएका पाँच वटा एम्बुलेन्स क्रमशः मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोक, जुगल गाउँपालिका सिन्धुपाल्चोक, भीमेश्वर नगरपालिका दोलखा, खाँदबारी नगरपालिका संखुवासभा र निबुवाटारी सहकारी स्वास्थ्य केन्द्र मध्यनेपाल नगरपालिका (लमजुङ) लाई हस्तान्तरण गरेको हो ।

cura insider

समाजकोतर्फबाट आज यहाँ आयोजित एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालका लागि चिनियाँ राजदूत यु होङको उपस्थितिमा एम्बुलेन्सको साँचो सम्बन्धित निकायका प्रमुखलाई प्रदान गरे ।

सो अवसरमा उपप्रधानमन्त्री यादवले नेपालको सडक सञ्जाल, जलविद्युत्, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको पूर्वाधार विकासमा चीन सरकारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै स्वास्थ्य केन्द्र र अस्पतालको पहुँचबाट टाढा रहेका जनताका लागि एम्बुलेन्स उपयोगी हुने बताए ।

उनले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबै जनताकाबीचमा पु¥याउने लक्ष्यका साथ सरकार अघि बढेको र त्यसका लागि यो वर्ष एक हजार २ सय आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरी चिकित्सकलाई जनताको सेवामा समर्पित गराउने प्रक्रियामा लागिपरेको बताए ।

उपप्रधानमन्त्री यादवका अनुसार १५ श्ययाका अस्पताल स्थानीय सरकारलाई, जिल्ला र क्षेत्रीय अस्पताल प्रदेशलाई र केन्द्रीय अस्पताल तथा प्रतिष्ठानलाई केन्द्र सरकार मातहत रहनेगरी नीतिगत प्रक्रिया अघि बढाइएको छ ।

“विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप नेपालमा सबै जनताको आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गराउन र स्वास्थ्यलाई सेवाको भावनाबाट अघि बढाउने प्रणालीको विकासका लागिपरेका छौँ । अब सरकारी अस्पतालका डाक्टरले निजी क्लिनिक धाउने वातावरणको अन्त्य गरी अतिरिक्त समयमा पनि जनतालाई सेवा दिनेगरी व्यवस्थापन गर्दैछौँ”, उनले भने ।

स्वास्थ्य बीमा सेवाका माध्यमबाट सबै जनतालाई गुणात्मक उपचार पु¥याउने उद्देश्यले ७७ वटै जिल्लामा बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा लैजाने उपप्रधानमन्त्रीको भनाइ थियो ।

चिनियाँ राजदूत होङले चीन नेपालको महत्वपूर्ण विकास साझेदार भएको दुई देशबीचको जनस्तरको सम्बन्धलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सहयोग र समन्वयात्मक भूमिका निर्वाह गरिने उल्लेख गरे ।

नेपालको उत्तरी क्षेत्र भौगोलिक र सांस्कृतिक हिसाबले चीनसँग निकट रहेकाले सम्पर्क सञ्जाल, सडक, रेल्वे, जलविद्युत्, पर्यटन आदि क्षेत्रमा विकास साझेदारिता, सहयोग अभिवृद्धिको दायरालाई फराकिलो बनाएर लैजाने विश्वास दिलाए ।

सांसद राजेन्द्र गौतमले ग्रामीण भेगका जनतालाई स्वास्थ्य केन्द्रको पहुँचमा सहजता ल्याउन एम्बुलेन्सले महत्वपूर्ण सहयोग पुग्नेछ भने । समाजका अध्यक्षसमेत रहेका पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा पहुँच र सहजता प्रदान गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्स हस्तान्तरण गरिएको बताए ।

भीमेश्वर गाउँपालिकाका प्रमुख भरत केसी, जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठ, खादबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा र मध्य नेपाल नगरपालिकाका निमित्त प्रमुख चन्द्रमणि पौडेलले एम्बुलेन्सको अधिकतम सदूपयोग गरी जनताको स्वास्थ्य सेवालाई प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।

रासस

jackson ribon