birat ribon

म्याजिक भ्यानलाई कारबाही गरिदै

Neuro
म्याजिक भ्यानलाई कारबाही गरिदै

साउन १२, चितवन, चितवनको भरतपुर महानगरपालिकाले यहाँको मुख्य राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाएसँगै सो क्षेत्रमा चल्ने म्याजिक भ्यानको लापरबाही बढेपछि प्रहरीले कारवाही अभियान थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेदप्रसाद गौतमका अनुसार म्याजिक भ्यान तीब्र गतिमा चलाउने, क्षमताभन्दा बढी सिट राख्नेलगायतका क्रियाकलाप बढेकाले कारवाही शुरु गरिएको हो ।

सिट क्षमताभन्दा बढी यात्रु बोक्ने २१ वटा म्याजिक भ्यानबाट ६५ वटा मुढा बरामद गरी म्याजिक भ्यानलाई जरिवाना लगाइएको उनले बताए ।  गौतमका अनुसार उनीहरुलाई नियम उल्लंघनको अवस्था हेरेर रु एक हजारदेखि रु एक हजार ५ सयसम्म जरिवाना गर्ने गरिएको छ ।

cura insider

नियमित जाँचका साथसाथै म्याजिक भ्यानलाई नै केन्द्रित गरेर शुक्रबारदेखि भने टोली खटाइएको प्रहरीले जनाएको छ । यो क्रम आज पनि बिहानैदेखि जारी छ ।

साउन ५ गतेको निर्णयअनुसार भरतपुर महानगरले पूर्व–पश्चिम राजमार्गको भरतपुर खण्ड, बाइपास रोड र नारायणगढ¬–मुग्लिन सडकखण्डमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाएको छ । जसका कारण अहिले मुख्य राजमार्गमा सवारी सञ्चालनमा सहज देखिएको सवारी चालकहरुले बताएका छन् ।

नियम विपरीत बढी तीनपांग्रे सवारी भित्रिएको र तीव्रगतिका कारण दुर्घटनासमेत बढेकाले नियन्त्रण गर्नुपरेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्राफिक प्रहरीले गाडीको पछाडि धाकधम्कीपूर्ण, अश्लिल खालका सायरी कविताहरु समेत हटाउन सबै सवारी चालकलाई निर्देशन दिएको छ । यस्तो लेखेको फेला परेमासमेत कारवाही हुने गौतमले बताए ।रासस

jackson ribon