fbpx

चुनाव अगाडी भत्क्याइएको पुस्तकालय बनाउने भनेको स्थान बन्यो डम्पिङ्ग साइट

कोशी अनलाइन

साउन ११, माेरङ, विराटनगर ५ स्थित चाँदनी चोकको शिरोमणि पुस्तकालय भत्किएको पनि केही वर्ष बितिसक्यो । साँझ बिहान पत्रपत्रिका पढ्ने स्थानीयको थलो बनेको पुस्तकालय बाटो बढाउने निहुँमा भत्काइएको थियो ।

गत चुनावमा विराटनगर वार्ड नं ५ का एमालेतर्फका उम्मेदवार मिनकुमार आचार्यले आफू चुनावमा जिते शिरोमणि पुस्तकालय पुन: बनाउने कुरा चलाए । तर, उनले जितेको यतिका महिना बितिसक्दा पनि पुस्तकालय बन्ने कुरा त परै छाडौं आज उक्त ठाउँमा पुग्दा फोहोरको थुप्रो देख्दा साह्रै नरमाइलो लाग्यो ।

आफ्नो वडामा विकासका कामहरु स्थानमै पुगेर निरीक्षण गरेर गराउने भनिएका वार्ड नं ५का अध्यक्ष आचार्यको पुस्तकालय प्रतिको लगाव साँच्चै हटेकै हो त ?

 

चुनाव हुनु अगाडी वर्तमान अध्यक्षको फेसबुक स्टेटस

प्रतिक्रिया

twenty − seven =

Loading...