birat ribon

१० रुपैयाँको बचत सहकारीमा परिणत

Neuro
१० रुपैयाँको बचत सहकारीमा परिणत

कोशी अनलाइन
उत्तम पोख्रेल
साउन ११, मोरङ, अभियान नेपाल बेलबारी र हेल्पर नेपाल नामक संस्थाले बेलबारीका केही वडाहरुको आर्थिक जीवनमा परिवर्तन ल्याउन थालेको छ । नेपालमा व्यवसायिक खेति नभएको भन्दै युवा जति विदेशतिर पलायन भइरहेका बेला उक्त संस्थाहरुले महिलालाई व्यवसायिक बनाउन चासो देखाएका छन् ।

cura insider

उक्त संस्थाहरुले बेलबारी नगरपालिकका वडा नम्बर ६, ७, ८ र ९ का वासिन्दाको जीवनमा परिवर्तन गर्न सहयोग पुर्याइरहेका छन् । महिलाहरुलाई लक्षित गरेर समूह बनाएर उक्त संस्थाहरुले अहिले सहकारी नै स्थापना गरिदिएका छन् ।
‘मासिक १० रुपैयाँ बचत गर्न लगाएर अहिले ९४ वटा समूह बनाएका छौं’ अभियान नेपालका अध्यक्ष प्रेम गिरीले भने एउटा समूहमा १० जनादेखि २० जनासम्म महिला सदस्य रहेका छन् । पारिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्थाको स्थापना गरेर बचत गर्ने बानीको समेत महिलाहरुलाई विकास गराउन थालिएको छ ।


सहकारीमा २ हजार ५१ जना महिला सदस्य रहेका छन् । महिलाहरुले सञ्चालन गरेको समूहबाट (लोकल) कुखुरा, गाई, बंगुर, बाख्रा पालनका लागि महिलाहरुलाइ सक्रिय बनाउने गरेको अध्यक्ष गिरीले बताए । ‘पहिलो चरणमा महिलाहरुलाई भेला गरेर बचत गर्न सिकायौं,’ अध्यक्ष गिरीले भने, ‘सँगसँगै आधारशिला तालिम दिएर विकास निर्माणलाई जोड दिएका छौ । पहिलो चरणको तालिम दिएपछि व्यवसाय गर्ने महिलाहरुका लागि लक्षित गरेर दोस्रो चरणको उद्यमशिलता तालिम दिएका छौ ।’ गिरीले महिलाहरुलाई व्यवसायिक बनाउने लक्ष्य रहेको बताए ।

संस्थाले कुखुरा पालनका लागि एउटा समूहका दुई जना सदस्यलाई ५० हजारका दरले रकम दिने गरेको जनाएको छ । बाख्रा पालनका लागि १ लाखसम्म ऋण दिने संस्थाको लक्ष्य रहेको छ ।

उपहार कोषबाट धेरै लाभान्भित

उपहार कोषबाट धेरै समूहका सदस्य लाभदायी भएमा छन् । एक समूहलाई ५० हजारका दरले आलोपालो गर्ने गरेको संस्थाले जनाएको छ । २७ वटा समूहले आलोपालो प्रणालीमार्फत बाख्रा पालन गरिरहेका छन् । आलोपालो प्राणलीमा बिना ब्याजमा लगानी गर्ने गरेका अध्यक्ष गिरीले बताए ।

नगरपालिकासँग सहकार्य गर्न छलफल

महिलाहरुलाई व्यवसायिक बनाउन संस्थाहरुले नगरपालिकासँग सहकार्य गर्ने बताएका छन् । व्यवसायिक खेतिमा महिलाहरुलाई लक्षित गर्ने उद्देश्य रहेको संस्थाले जनाएको छ । यता बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले भने व्यवसायिक खेति गर्नका लागि विभिन्न योजना बनाएको बताएका छन् ।

नगरपालिकाले नगरबासीसँग प्रत्यक्ष प्रभाव पर्ने खालको गरिब जनतासँग कार्यक्रम समेत ल्याएको प्रमुख सुबेदीले बताए । उनले भने, ‘नगरपालिका भित्रका जनताको आय आर्जनका लागि सहयोग गछौं ।’

jackson ribon