birat ribon

विराटनगरमा अन्तर्राष्ट्रिय रुपमा चर्चित अगोरा स्पीकर्स क्लबको गठन

Neuro
विराटनगरमा अन्तर्राष्ट्रिय रुपमा चर्चित अगोरा स्पीकर्स क्लबको गठन

कोशी अनलाइन
साउन ११, मोरङ, युवाहरुलाई भाषण कला लगायतका व्यक्तित्व विकास गर्ने सीप सिकाउन अन्तर्राष्ट्रिय रुपमा चर्चित संस्था गठन भएको छ । अगोरा इन्टरनेशनलको ६४ औं क्लबका रुपमा विराटनगरमा अगोरा स्पीकर्स विराटनगरको स्थापना भएको हो ।

cura insider

स्थानीय रुपमा युवाहरूको व्यक्तित्त्व विकास गर्न र भाषण कला निखार्न विराटनगरमा विभिन्न तालिमहरु आयोजना गर्दै आएको विराटनगर स्पीकर्स क्लबसँगको सहकार्यमा उक्त अगोरा स्पीकर्स क्लब विराटनगरमा स्थापना गरिएको हो ।

शुक्रबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी उक्त अगोरा स्पीकर्सा क्लबले डा. पार्थ गुरागाईको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ । उक्त कार्यसमितिमा सुभ्रत पौडयाल, अभिषेक भट्टराई, एकराज श्रेष्ठ, समीर दाहाल, गौरभ भट्टराई, सेलिना पोखरेल, अनुराग रिमाल, वकिल भट्टराई रहेका छन् ।

jackson ribon