birat ribon

त्रिशूली नदी किनारमा बस खस्दा मर्नेको संख्या आठ पुग्यो

Neuro
त्रिशूली नदी किनारमा बस खस्दा मर्नेको संख्या आठ पुग्यो

कोशी अनलाइन
साउन ११, चितवन, काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा मर्नेको संख्या आठ पुगेको छ । पृथ्वीराजमार्गको कुरिनटार नजिक चुम्लिङटारमा बस र ट्रक जुध्दा सो दुर्घटना भएको प्रहरीले जनाएका छ ।

cura insider

घट्नास्थलमा पाँच जनाको शव भेटिएको प्रहरीले जनाएको छ भने तीन जना भरतपुर पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । घटनास्थलमा रहेका चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रभु ढकालका अनुसार घट्नास्थलमा मृत्यु हुनेमा दुई महिला र तीन पुरूष छन् ।

प्रहरीले २५ जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर पठाएको थियो । तिनै मध्ये तीन जनाको मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रकसँग ठोक्किएर बस सडकदेखि लगभग ७० मिटर तल त्रिशुली नदी तर्फ खसेको थियो ।

ना६ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा मध्यान्ह१२ बजे ठोक्किएपछि करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।

jackson ribon