birat ribon

खाजा खाने बहानामा होटल लगी बलात्कार गर्न खोज्ने चुरौटे पक्राउ

Neuro
खाजा खाने बहानामा होटल लगी बलात्कार गर्न खोज्ने चुरौटे पक्राउ

कोशी अनलाइन
रबिन्द्र बराल
साउन ११, मोरङ, खाजा खाने बहानामा होटल लगी बलात्कारको प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । मोरङको रंगेली नगरपालिका ८ घर ३६ वर्षीय अमद चुरौटेलाई रंगेली प्रहरीले पक्राउ गरेको हो ।

खाजा खाने बहानामा स्थानीय एक होटलमा लगी बलात्कारको प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीले जानकारी दिए । कार्कीका अनुसार चुरौटेले स्थानीय ३५ वर्षीया महिलालाई ललाई फकाई रंगेलीकै एउटा होटलमा खाजा खाने बहानामा होटलमा रहेको कोठामा लगेर बलात्कारको प्रयास गरेका थिए । उनलाई रंंगेली दूध डेरी नजिकैबाट बिहीबार पक्राउ गरिएको हो ।

cura insider

पक्राउ परेका चुरौटेलाई जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

jackson ribon