birat ribon

‘मेस्सी बार्सिलोना छोडेर इन्टर कदापी आउँदैनन्’

Neuro
‘मेस्सी बार्सिलोना छोडेर इन्टर कदापी आउँदैनन्’

कोशी अनलाइन
साउन ११, मोरङ, केही दिनअघि बार्सिलोना छोडेर मेस्सी इन्टर जाने भनिएको खबरलाई मजाकमा उडाउँदै इन्टर मिलानका उपाध्यक्ष जेभियर जेनेट्टीले मेस्सीले कदापी बार्सिलोना छोडेर इन्टर मिलान नआउने बताएका छन् ।

cura insider

युभेन्ट्सले क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको जवाफमा आफ्नो क्लबले लियोनल मेस्सीलाई अनुबन्ध गर्ने तयारी गरेको खबरलाई मजाकमा उडाउँदै उनले यस्तो बताएका हुन् ।

इन्टरको मुख्य प्रायोजक समेत रहेको पिरेल्लीका सिइओ मार्को ट्रानचेट्टी प्रोवेराले यसै हप्ताको शुरुवातमा इन्टरका मालिकहरुले रोनाल्डो सिरि ए मा आएपछि मेस्सीको बारेमा सोच्नुपर्ने बताएका थिए । उता फक्स स्पोर्टस् अर्जेन्टिनासँग कुरा गर्दै जेनेट्टीले यो एउटा हल्ला बाहेक अरु केही नभएको बताएका छन् ।

साथै उनले आफ्नो क्लबलाई मेस्सीका लागि बीड गर्नबाट टाढा समेत राखेका छन् । जेनेट्टी भन्छन्, ‘यो एउटा पागलपन हो । हामी मेस्सीका लागि आवश्यक कुरा गर्न गईरहेको खबर सरासर गलत हो । ’ साथै उनले इन्टरमा रहेका दुई अर्जेन्टिनी फरवार्डद्वय माउरो इकार्डी र लौटारो मार्टिनेजबाटै खुशी रहेको समेत बताएका छन् ।

इएसपिएनको दावीअनुसार इकार्डी अन्य क्लबमा जान सक्ने हल्ला निकै चलिरहेको छ । तर, जेनेट्टीका अनुसार इकार्डीका लागि इन्टरले आउने केही हप्ता मै नयाँ कन्ट्रयाक्ट दिने तयारी गरिरहेको बताएका छन् । उनी भन्छन्, ‘इकार्डी इन्टर मै रहने छन् । यो ट्रान्सफर विन्डो बन्द हुने बित्तिकै हामी उनीसँग कुरा गर्नेछौं र उनको सम्झौता नवीकरणबारे सल्लाह गर्नेछौं ।’

उनले भनेका छन्, ‘उनी एक असाधारण कप्तान हुन् । उनले प्रि–सिजन अभ्यास एक दिन अगाडी नै शुरु गरेका थिए । साथै उनी नयाँ खेलाडीलाई स्वागत गर्न पनि यहाँ आएका छन् । नयाँ खेलाडीहरुलाई इन्टर के का लागि हो भनेर बताउने उनी पहिलो व्यक्ति पनि हुन् ।’

jackson ribon