birat ribon

बार्सिलोनाद्वारा ‘हाइज्याक’ गरिएका माल्कोम भन्छन्, ‘सपना पूरा भो’

Neuro
बार्सिलोनाद्वारा ‘हाइज्याक’ गरिएका माल्कोम भन्छन्, ‘सपना पूरा भो’

कोशी अनलाइन
साउन ११, मोरङ, इटालियन क्लब एएस रोमाका लागि तयार रहेका ब्राजिलियन युवा खेलाडीलाई बार्सिलोनाले ‘हाइज्याक’ शैलीमा भित्र्यायो । रोमाले ३२ मिलियन युरोमा भित्र्याउन नजिक पुगेका बेला बार्सिलोनाले २१ वर्षीय युवा खेलाडी माल्कोमलाई फ्रेन्च क्लब बोर्डेक्सबाट ४२ मिलियन युरोमा भित्र्याएको हो ।

cura insider

उनै खेलाडीले बार्सिलोनामा अनुबन्ध भएपछि खुशी व्यक्त गरेका छन् । प्रि–सिजन टुरमा अमेरिका रहेको बार्सिलोनाले उनलाई बिहीबार अध्यक्ष जोसे मारिया बार्टामेउ, खेल निर्देशक अबिल र उपाध्यक्ष जोर्डो मेस्टरले औपचारिक रूपमा सार्वजनिक गरे । बार्सिलोनाले उनलाई नाइकको मुख्यालयमा सार्वजनिक गरेको थियो ।

सोही कार्यक्रममा बोल्दै उनले बार्सिलोनाको जर्सी लगाउने बच्चादेखिको सपना पूरा भएको र आफू नयाँ बाटोमा उभिएको बताए । उनले भने, ‘यतिबेला म यति खुसी छु कि, यो भन्ने मसँग शब्दै छैन,’ माल्कोमले भनेका छन्, ‘बार्सिलोनाको जर्सी लगाउने मेरो सपना आज पूरा भएको छ ।’

माल्कोमले आफू अहिले नयाँ चुनौतीमाझ रहेको पनि बताए । ‘‘बार्सिलोनाबाट खेल्नु एक चुनौती हो । तर, मेरो यो सानैदेखिको सपना हो,’ उनले भनेका छन्, ‘म टिमलाई उपाधि जिताउन सहयोग गर्न चाहन्छु ।’

jackson ribon