birat ribon

रोनाल्डोले १९ मिलियन युरो फाइन तिर्ने

Neuro
रोनाल्डोले १९ मिलियन युरो फाइन तिर्ने

कोशी अनलाइन
साउन ११, मोरङ, पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले १९ मिलियन फाइन तिर्ने भएका छन् । यससँगै करसम्बन्धीमा विवादमा मुछिएका रोनाल्डोको विवाद मिलेको छ ।

cura insider

स्पेनिश कर कार्यालयले रोनाल्डोले फाइनसहतिको रकम तिर्न गरेको अपिल स्वीकार गरेपछि विवाद मिलेको हो । रोनाल्डोले जरिमाना तिर्ने भएपछि उनलाई तोक्ने सजाय नहुने भएको स्पेनिस मिडियाले बताएका छन् । रोनाल्डोले यसअघि नै सो रकम तिर्न मन्जुर भएपनि स्पेनिस कर कार्यालय सहमत नहुँदा प्रक्रिया रोकिएको थियो ।

गतवर्ष सन् २०११ देखि २०१४ सम्म आफ्नो इमेज अधिकार सम्बन्धी कमाईमा कर छलेको आरोप लगाउँदै रोनाल्डोमाथि छानबिन सुरु गरिएको थियो । रोनाल्डोलाई १४.७ मिलियन युरो कर छलेको आरोप लगाइएको थियो । रोनाल्डोलाई स्पेन बाहिरको कम्पनि प्रयोग गरेर स्पेनमा कर छलेको आरोप लगाइएको थियो ।

यही करछलीको कारणले रोनाल्डोले स्पेनिश क्लब रियल मड्रिड छोडेकोे स्पेनिस मिडियाले बताएको छन् ।

jackson ribon