birat ribon

दुहबीमा बालिका बलात्कार प्रकरणमा जनप्रतिनिधी नै मुछिए

Neuro
दुहबीमा बालिका बलात्कार प्रकरणमा जनप्रतिनिधी नै मुछिए

कोशी अनलाइन
साउन ११, मोरङ, सुनसरीको दुहबीमा १३ वर्षीया बालिका बलात्कार प्रकरणमा त्यहाँका जनप्रतिनिधी नै मुछिएका छन् । ४ दिनअघि १३ वर्षीया जबर्जस्ती करणीको प्रयास भएको बिहीबार इलाका प्रहरी कार्यालय दुहबीमा उजुरी परेपछि सो घटना बाहिरीएको हो ।

cura insider

स्थानीय १३ वर्षीया दलित बालिकामाथि भएको सो घटनालाई गुपचुपमै राख्न स्थानीय वडाध्यक्षसहितको राजनीतिक टोली नै सक्रिय रहेको पीडित परिवारले बताएका छन् ।

स्थानीय ३० वर्षीय सुभान मियाले गत सोमबार राति ती बालिकामाथि बलात्कारको प्रयास गरेको इलाका प्रहरी कार्यालय दुहबीमा दिइएको उजुरीमा जनाइएको छ ।

दुहबी नगरपालीका १ का वडाध्यक्ष अजुल हुसेनसहितको टोलीले सो घटनालाई गुपचुपमै राख्न र गाउँमै मिलाउन लागि परेको पीडित पक्षले बताएका छन् । पीडित पक्षका अनुसार वडाअध्यक्षसहतिको राजनीतिक टोलीले नै घटना लुकाउँन र प्रहरीमा नजान दबाब दिएपछि उजुरी दिन ढिलाइ भएको पीडित पक्षको भनाइ छ ।

यता घटनामा संलग्न मिया फरार रहेको र उनको खोजी भइरहेको छ । यस्तै घटनाबारे वडाध्यक्ष हुसेनसँग सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ रहेको थियो । यसैगरी घटनाबारे बुझ्न दुहबी नगरपालिकाका मेयर वेद गच्छदारले घटना बारे जानकार नभएको बताएका छन् ।

jackson ribon