birat ribon

गोलरक्षक चम्किएपछि एथ्लेटिकोको जित, पेनाल्टीमा आर्सनल पराजित

Neuro
गोलरक्षक चम्किएपछि एथ्लेटिकोको जित, पेनाल्टीमा आर्सनल पराजित

कोशी अनलाइन
साउन ११, मोरङ, इन्टरनेशनल च्याम्पियन्स लिगअन्तर्गत आजको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले पेनाल्टीमार्फत जित निकालेको छ । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि इंग्लिश क्लब आर्सनलविरुद्ध एथ्लेटिकोले पेनाल्टीमार्फत ३–१ को सफलता हात पारेको हो ।

cura insider

सिंगापुरमा बिहिबार राति भएको खेलमा एथ्लेटिकोका गोलरक्षक एन्टोनियो एडन नायक बन्दा उसलाई जित निकाल्न सहज पर्यो । पेनाल्टीमा डेब्यु किपर एन्टोनिओ एडनले तीन पेनाल्टी रोकेका थिए । उनी यसै सिजन स्पेनिस क्लब रियल बेटिसबाट एथ्लेटिको आएका हुन् ।

एडनले आर्सनलका हेनरिक मिखीटेरियन, जोसेफ विललक र एडवार्डको प्रहार बचाएका थिए । एथ्लेटिकोका लागि एडनसहित, रोड्रिगो र भिक्टो मालेजोले गोल गरेका थिए । आर्सनलका मटल्याण्ड नाइल्सले मात्र एक गोल गरे ।

आर्सनलविरुद्ध एथ्लेटिको दोस्रो रोजाइका खेलाडीसहित मैदान उत्रेको थियो । तर, खेलको ४१ औं मिनेटमा लुसियानो भिएट्टवको गोलबाट एथ्लेटिकोले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ४७ औं मिनेटमा आर्सनलका एमिल स्मिथ रोवेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

jackson ribon