birat ribon

रियलले रोनाल्डोको स्थानमा काभानीलाई भित्र्याउन सक्ने

Neuro
रियलले रोनाल्डोको स्थानमा काभानीलाई भित्र्याउन सक्ने

कोशी अनलाइन
साउन ११, मोरङ, फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेनका फर्वार्ड एडिन्सन काभानीमाथि रियल मड्रिडको नजर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । च्याम्पियन्स लिग विजेता रियल मड्रिड क्रिस्टियानो रोनाल्डोलाई युभेन्टस पठाएपछि उनको स्थानमा प्रतिभाशाली खेलाडी काभानी भित्र्याउन चाहेको छ ।


रियलले रोनाल्डोको विकल्प अहिलेसम्म भेटेको छैन । यद्दपी, केही खेलाडीलाई विकल्पको रुपमा भने हेरिरहेको छ । पछिल्लोपटक रियलले (पिएसजी) का फरवार्ड काभानीलाई सम्भावित विकल्पको रुपमा हेरेको छ ।

cura insider

पिएसजीकै नेयमार र किलियन एमबाप्पेभन्दा सस्तोमा भित्र्याउन सकिने सम्भावना भएकोले पनि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले काभानीमाथि चासो देखाएका हुन् ।

सन् २०१३ मा नेपोलीबाट पिएजसी पुगेयता काभानी टोलीका मुख्य खेलाडी रहँदै आएका छन् । त्यसयता उनले हरेक सिजन औसतमा ३४ गोल गरेका छन् । गत सिजन पिएसजीका लागि उनले सबै खाले प्रतियोगितामा गरि ४० गोल गरेका थिए । पिएसजीसँग उनको सम्झौता सन् २०२० सम्मको छ ।

पिएसजीले भने उनलाई ८९ मिलियन पाउन्ड भन्दा कममा नबेच्ने मन बनाएको बताइएको छ । त्यसका लागि रियल तयार हुने नहुने अझै प्रष्ट भने पारेको छैन । यसैबीच, अन्य खेलाडी भन्दाअघि गोलकिपर थिबाउट कोर्टियस रियल पुग्ने अपेक्षा गरिएको छ ।

रियल मड्रिडले रोनाल्डो युभेन्टस हानिएपछि उनको भूमिकामा ठूला स्टारहरुमाथि आँखा गाढेको थियो । पीएसजीका नेयमार, पीएसजी कै किलियन एम्बाप्पे र चेल्सीका इडेन हाजार्डमाथि रियलले नजर लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यी तीन स्टारमध्ये पीएसजीका नेयमार र एम्बाप्पे क्लबमै रहने भनेर प्रतिक्रिया दिएपछि इडेन हाजार्ड नै उसको अन्तिम निशाना बनाएको थियो । अब रियलको नजर पीएसजीका काभानीतिर परेको इन्टरनेशनल मिडियाले जनाएका छन् ।

jackson ribon