birat ribon

दिमाग स्वास्थ्य राख्न यस्ता उपायहरु अपनाउनुहोस

Neuro
दिमाग स्वास्थ्य राख्न यस्ता उपायहरु अपनाउनुहोस

 

cura insider

दिमागले हाम्रो शरीरको सबै कामहरुलाई नियन्त्रण गर्ने काम गर्छ । यदि हाम्रो दिमागमा कुनै पनि प्रकारको समस्या आयो भने यसले हाम्रो शरीरको अन्य अंगहरुको कार्यलाई पनि असर पुर्याउँछ । त्यसैले हामीले हाम्रो दिमागको निकै ख्याल गर्नुपर्छ । यसका लागी हामीले हाम्रो खानपान देखि लिएर हाम्रो हरेक जीवनशैलीमा ध्यान दिनुपर्छ । कुनै कुराको रुचीको अभाव, समायोजित ढंगले काम नगर्नु, काममा असन्तुष्टी, काममा पूर्ण इच्छा नहुनु, बारम्बार चिन्तित हुनु, नशालु पदार्थ सेवन, शारीरिक एवं मानसिक रोग, उमेरका कारण, मस्तिष्कको हर्मोन घट्नु जस्ता कारणले हाम्रो दिमाग स्वास्थ्य नरहने गर्छ ।

दिमागलाई स्वास्थ्य राख्न ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

१. आहारः पूर्ण आहार र विशेषतः ठिक्क बोसो भएको खानेकुराहरु, भिटामिन डि युक्त खाने,

२. स्नायु प्रणालीको व्यायामः वैज्ञानिक तरिका मध्ये हातले केही लेख्ने बानी साधाणतया दैनिक १५ मिनेट लेख्नुपर्छ । हातले लेख्ने बानीले दिमागको धेरै कार्य बढेको पाइन्छ । यस्तै नयाँ–नयाँ योजनाबारे सोच्ने बानी गर्नुपर्छ ।

३. सूर्यको प्रकाशः दैनिक १५ मिनेट घाममा पर्ने ४. दिमागी खानाहरुः हरियो सागपात, ओटमिल, कोकाओ, फलफूल (केरा, एप्रिकोट, एभोकाडो) नटस तथा आलु खाने ।

५. खाली खुट्टा हिड्ने बानीः चौरहरु, नदी किनारको बालुवा, समुन्द्र छेउ आदीमा दैनिक ३० मिनेट हिड्ने ।

६. पर्याप्त आरामः कम्तिमा दैनिक ६ घण्टा सुत्ने बानी, अझ दिउसो एक घण्टा सुत्न पाए झनै राम्रो हुन्छ ।

७. स्ट्रेस कम गर्ने व्यायामहरु जस्तै योग लामो र गहिरो श्वासप्रश्वास तथा शरिरको मसाज गर्ने ।

८. शारीरिक व्यायामः सँधै कम्तिमा २०/३० मिनेट हिड्ने बानी गर्नुपर्छ

jackson ribon