birat ribon

मोरङमै पहिलोपटक रंगेली नगरपालिकाले सुरु गर्यो इलेक्ट्रोनिक हाजिरी

Neuro
मोरङमै पहिलोपटक रंगेली नगरपालिकाले सुरु गर्यो इलेक्ट्रोनिक हाजिरी

कोशी अनलाइन
रबिन्द्र बराल
साउन ११, मोरङ, मोरङमा रहेका १७ वटा स्थानीय निकायमध्ये सबैभन्दा पहिले रंगेली नगरपालिकाले इलेक्ट्रोनिक हाजिरी सुरु गरेको छ । साउन १ गतेदेखि नगरपालिका र सबै वडा कार्यालयहरुमा इलोक्ट्रोनिक्स विद्युतिय हाजिरी प्रणाली सुरु गरेको छ ।

cura insider

नगपालिकाले १ गतेदेखि जन्म दर्ता, विवाह दर्ता र मृत्यु दर्ता लगायत सबै अनलाइनमार्फत कम्प्युटर प्रविधिबाट काम सुरु गरेको छ । त्यसैगरी नगरपालिकाले लिने दस्तुरसमेत कम्प्युटर प्राविधिबाट काट्न थालेको छ ।

अब नगरपालिकाले प्रत्येक दिन कुन वडामा के कति राजस्व संकलन भयो भनेर जानकारी लिन गरेको छ । विगतका वर्षदेखि नगरपालिकाले वृद्घभत्ता, विधुवा भत्ता, अपांग भत्ता, दलित भत्ता, बाढी पीडित रकम तथा नगरपालिका मेयर, उपमेयर तथा वडा अध्यक्षलगायतको तलब भत्ता र कर्मचारीहरुको मासिक तलव रकमसमेत बैकिङ प्रणलीबाट दिईने गरेको नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मिप्रसाद रेग्मीले बताए ।

उनका अनुसार गत वर्षदेखि बैकिङ प्रणालीबाट वृद्ध, विधुवा भत्ता वितरण गर्दा राज्यलाई १५ लाख रुपैयाँ बचत भएको समेत उनले बताए । अबको एक महिना भित्रमा रंगेली नगरपालिका भित्रमा रहेको १३ वटा माध्यमिक विद्यालयमा समेत विधुतिय हाजिरी जडान गरिसक्ने रेग्मीले बताए ।
नगरपालिकामा सबै अधिकार प्राप्त भएपछि नगरपालिकाले हरेक काम अहिले अगाडि बढाएको छ ।

jackson ribon