birat ribon

महिनावारीको समयमा यस्ता खानेकुरा खानु स्वास्थ्यको लागी निकै हानिकारक

Neuro
महिनावारीको समयमा यस्ता खानेकुरा खानु स्वास्थ्यको लागी निकै हानिकारक

 

cura insider

 

महिनावारीको समस्या महिलाहरुमा देखिने एउटा प्राकृतिक समस्या हो । यस समयमा महिलाहरुलाई निकै गाह्रो हुने गर्छ । त्यसैले घरका अन्य सदस्यले यस समयमा महिलाको हेरचाहा गर्न कुनै पनि लापरवाही गर्न हुदैन । यस समयमा महिलाले पनि आपनो स्वास्थ्यमा निकै ध्यान दिनुपर्छ । बढी जसो खानपानमा ध्यान दिनुपर्छ । यस समयमा कतिपय खानेकुराहरु खाने गरेमा महिलाको स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ । त्यसैले यस समयमा कस्ता खानेकुरा खान हुन्छ र कस्ता खान हुदैन भन्ने कुरा राम्ररी जान्नु निकै जरुरी हुन्छ ।

यस समयमा महिलाले खान नहुने खानेकुराहरु यस्ता छन् :

१. कैफीनः महिनावारीको समय कैफीनयुक्त खाना खानु घातक हुन सक्छ । अत्यधिक मात्रामा चिया, कफी वा सफ्ट ड्रिन्क्स पिउनाले हानी पुर्याउन सक्छ । यसले हात खुट्टा बाउडिन्छ र दुखाई बढाउँछ । यस अवस्थामा दिनमा एक वा दुई पटक मात्र अर्गानिक चिया पिउनु राम्रो हुन्छ ।

२. मादक पदार्थः महिनावारीको समय मादक पदार्थबाट टाढैँ बस्नु पर्छ । महिनावारीको समय रक्सी, वियर जस्ता मादक पदार्थ पिउनाले पेटको तल्लो भाग सुन्निन सक्छ ।

३. चकलेटः चकलेटमा कैफीन हुन्छ, जसले क्रैम्पिगमा समस्या उत्पन्न हुन्छ । कैफीनले गर्दा मांसपेशिहरु बाउडिन थाल्छ र दुखाई सुरु हुन्छ ।

४. रातो मासुः रातो मासु खानाले महिनावारीको समय हुने दुखाई बढ्छ । रातो मासुमा पाइने एसिडले प्रोस्टेट ग्ल्याण्डलाई धेरै नै सक्रिय बनाई दिन्छ, जसले गर्दा महिनावारीको समय हुने दुखाई अझ बढेर जान्छ ।

५. अचारः महिनावारीको समय धेरै अमिलो, पिरो र मसालेदार खाना खानु हुँदैन । विशेष गरी नुनिलो र अचार । यिनिहरुमा सोडियमको मात्रा भरपूर हुन्छ जसले दुखाई बढ्न सक्छ ।

jackson ribon