birat ribon

नेपालले निकाल्यो सहज जित, इस्ट लण्डन शार्क १ सय ३४ रनले पराजित

Neuro
नेपालले निकाल्यो सहज जित, इस्ट लण्डन शार्क १ सय ३४ रनले पराजित

कोशी अनलाइन
साउन १०, मोरङ, युरोप भ्रमणमा रहेको नेपालले आज इस्ट लण्डन शार्कविरुद्ध शानदार जित निकालेको छ । इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय सिरिजको लागि युरोप पुगेको नेपालले इष्ट लन्डन शार्कलाई १ सय ३४ रनले हराएको हो ।

cura insider

लघटन क्रिकेट क्लबको मैदानमा नेपालले दिएको २ सय ५२ रनको फराकिलो लक्ष्य पछ्याएको इष्ट लन्डन शार्कले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय १७ रन बनाउन सक्यो ।
चार अभ्यास खेलपछि अब नेपालले आइतबार क्रिकेटको मक्का मानिने इंग्ल्यान्डको लर्ड्समा त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्ने छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।

एकदिने त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र नेदरल्याण्डबीचको खेललाई अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसीसीले अन्तर्रा्ष्ट्रिय मान्यता दिईसकेको छ । सिरिजमा एमसिसीको कप्तानी श्रीलंकाका पुर्व क्रिकेटर महेला जयबर्धनेले गर्ने छन् । यस्तै स्कटल्याण्डका डायलन बज, एलास्डर ईभान्स र मार्क वाटले पनि एमसिसीबाट खेल्ने बताईएको छ ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट पहिलो साता ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ ।

jackson ribon