birat ribon

सबैको हातमा म्याकबुक, यस्तो रह्यो ’पेपरलेस’ मन्त्रिपरिषद् बैठक (फोटोफिचर)

Neuro
सबैको हातमा म्याकबुक, यस्तो रह्यो ’पेपरलेस’ मन्त्रिपरिषद् बैठक (फोटोफिचर)

कोशी अनलाइन
साउन १०, काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको ‘पेपरलेस’ बैठक नेपालको पहिलो स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद् बैठक बसेको छ । मन्त्रिपरिषद बैठक आजदेखि कागजको प्रयोग नगरिने भएको छ ।

cura insider

प्रधानमन्त्री केपी ओलीको पहलमा मन्त्रिपरिषद् बैठकलाई स्मार्ट बनाइएको हो । बैठकमा पेस हुने विषयवस्तु र छलफललाई चुस्त, सटीक र प्रभावकारी बनाउन मन्त्रिपरिषद् कार्यालयले बैठक कक्षमा ‘अटोमेसिन सिस्टम’ जडान गरेको बताएको छ ।

बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा हात हातमा म्याकबुक राखेर बैठक बसेका छन् ।

तस्बिर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय

jackson ribon