birat ribon

एम्बाप्पेले घाइते भएकै अवस्थामा खेलेका थिए सेमिफाइनल खेल र फाइनल खेल

Neuro
एम्बाप्पेले घाइते भएकै अवस्थामा खेलेका थिए सेमिफाइनल खेल र फाइनल खेल

कोशी अनलाइन
साउन १०, मोरङ, सन् २०१८ को विश्वविजेता फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पेले आफू घाइते भएकै बाबजुत पनि सेमिफाइनल र फाइनल खेल खेलेको बताएका छन् । एम्बाप्पेले सेमिफाइनल भन्दा तीन दिन अघि करङमा आएको समस्याको बाबजुत पनि खेललाई निरन्तरता दिएको बताएका हुन् ।

cura insider

फाइनलमा उनको टोलीले क्रोएसियालाई ४–२ ले पराजित गर्दा उनले पनि एक गोल गरेका थिए । रसिया विश्वकपमा चार गोल गरेका उनी रसिया विश्वकपका सर्वोत्कृष्ट युबा खेलाडी हुन् ।

उनले फ्रान्सको एक सञ्चारमाध्यमलाई अन्तर्वाता दिँदै भनेका छन्, ‘‘प्रतिद्वन्द्वीलाई जानकारी दिनु उचित थिएन । उनीहरूले थाहा पाएको भए चोटग्रस्ट ठाउँलाई केन्द्रित गरेर फाइदा उठाउने थिए । त्यसैले चोटको विषय टिम सदस्य र खेलाडीको बीचमै राख्यौं । बाहिर ल्याएनौं । फाइलनमा पनि गुपचुप नै राख्यौं ।’

jackson ribon