birat ribon

इस्ट लण्डनसामू नेपालले राख्यो २ सय ५२ को विजयी लक्ष्य

Neuro
इस्ट लण्डनसामू नेपालले राख्यो २ सय ५२ को विजयी लक्ष्य

कोशी अनलाइन
साउन १०, मोरङ, युरोप भ्रमणमा रहेको नेपालले आज इस्ट लण्डन शार्कविरुद्ध तेस्रो अभ्यास खेल खेलिरहेको छ । जसमा नेपालले इस्ट लण्डनसामू नेपालले २ सय ५२ रनको विजयी लक्ष्य पस्किएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ५१ रन बनायो । नेपालका लागि तीन खेलाडीले अर्धशतकीय इनिङ्स खेले ।

cura insider

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ्स खेले । ४७ बल खेलेका मल्लले ६ छक्का र ५ चौकाको मद्दतमा ७५ रन बनाए । दीपेन्द्रसिंह ऐरी ६७ रनमा नटआउट रहे । २६ बल खेलेका ऐरीले ६ छक्का र ४ चौका प्रहार गरे । यस्तै कप्तान पारस खड्का ६७ रनमा आउट भए । पारसले ३० बलमा ७ चौका र ५ छक्काको मद्दतमा ६७ रन बनाएका थिए ।

यो समाचार तयार पार्दासम्म नेपालले बलिङ गरिरहेको इस्ट लण्डन शार्कको चार विकेट गुमिसकेको छ । शार्कले ५ ओभर खेल्दा ४ विकेट गुमाउँदै २२ रन बनाएको छ । अहिलेसम्म २ विकेट सन्दीप लामिछानेले लिए भने अनिलले एक र करणले १ विकेट लिए ।

jackson ribon