birat ribon

बाच्छा बाच्छीको मासु विक्री गर्ने पक्राउ

Neuro
बाच्छा बाच्छीको मासु विक्री गर्ने पक्राउ

कोशी अनलाइन
रबिन्द्र बराल
साउन १०, मोरङ, मोरङको धनपालथान गाउँपालिका २ स्थित अलिया चोकमा बाच्छा–बाच्छीको मासु विक्री वितरण गर्दै हिडेको अवस्थामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारत अररिया जिल्ला पौसी पञ्चाय ५ घर भएका वर्ष वर्षीय मोहमद जमाजलाई गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो ३ बजे प्रहरीले पक्राउ गरेको हो ।

cura insider

जमादले लाईलुनको झोलामा छालासहितको बाच्छा–बाच्छी जस्तो देखिने ४ वटा खुट्टा फेला पारेको छ । प्लास्टिकको झोलामा थप ६ पोका मासुसमेत प्रहरीले बरामद गरिएको छ । उनको थप अनुसन्धान भइरहेको र उनलाई गौहत्या अभियोगमा मुद्दा दर्ता गरिने र १२ वर्षसम्म कैद हुने व्यवस्था रहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीले बताए ।

jackson ribon