birat ribon

नेपालले आज अन्तिम अभ्यास खेल खेल्ने

Neuro
नेपालले आज अन्तिम अभ्यास खेल खेल्ने

कोशी अनलाइन
साउन १०, मोरङ, युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम भएको छ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसँग एकदिवसीय सिरिजका लागि युरोपमा रहेको नेपाली टोलीले इष्ट लण्डन शार्कसँग खेल्ने भएको छ ।

cura insider

यसअघिका खेलमा नेपालले दुई खेलमा जीत निकालेको छ भने एक खेलमा हार व्यहोरेको छ । नेपालले बुधबार इष्ट लण्डन ११ लाई २ सय २३ रनले हराएको थियो ।
आजको अन्तिम अभ्यास खेलपछि नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) बीच लर्ड्समा हुने त्रिकोणात्मक सिरिज जुलाई २९ मा हुनेछ ।

त्रिकोणात्मक सिरिजपछि नेपाली टोली एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेदरल्याण्ड जानेछन् । नेपालले एमस्ट्राडममा घरेलु टोलीसंग अगस्ट पहिलो साता ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ । नेपाल र नेदरल्याण्डबीचको एकदिवसीय सिरिज अगस्ट १ र ३ मा हुनेछ ।

jackson ribon