birat ribon

डा केसी र सरकारबीच सहमती, आजै अनसन तोडिने

Neuro
डा केसी र सरकारबीच सहमती, आजै अनसन तोडिने

कोशी अनलाइन
साउन १०, काठमाडौं, चिकित्सा शिक्षा सुधारको माग राखेर आमरण अनसनरत डा. गोविन्द केसी र सरकारबीचको सहमती भएको छ । बिहीबार दिउँसो भएको सहमतीलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

cura insider

सरकारी र केसी पक्षको वार्ताटोलीबीचको बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सहमतीलाई नै वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने छ । वार्ता प्रक्रियामा सहभागी केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जाने बताइएको छ ।

jackson ribon