birat ribon

ब्राजिल टोलीलाई सन् २०२२ को विश्वकपसम्म टिटेले डाहोर्याउने

Neuro
ब्राजिल टोलीलाई सन् २०२२ को विश्वकपसम्म टिटेले डाहोर्याउने

कोशी अनलाइन
साउन १०, मोरङ, ब्राजिलका प्रशिक्षक टिटेले सन् २०२२ को कतारमा हुने विश्वकपसम्म ब्राजिल टोलीलाई डोहोर्याउने भएका छन् । टिटेले बुधबार राति ब्राजिल फुटबल कन्फेडरेशनसंगको सम्झौतामा नवीकरण गरी थप ४ वर्षका लागि सम्झौता लम्ब्याएका हुन् ।

cura insider

५७ बर्षे प्रशिक्षक टिटेले नयाँ सम्झौतासंगै कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा ब्राजिलको टिम हेर्ने छन् । सन् २०१६ बाट ब्राजिलियन टोली सम्हालेका उनले रुस विश्वकपमा ब्राजिललाई क्वाटरफाइनलसम्मको यात्रा तय गराएका थिए ।

यस्तै ब्राजिलले आर्सनलका पूर्वमिडफिल्डरसमेत रहेका इडु गास्परलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । टिटेले आफू यस निर्णयबाट अत्यन्तै खुशी भएको बताउँदै भने, ‘म धेरै नै खुशी छु र यो मेरो लागि धेरै ठुलो चुनौती पनि हो ।’

jackson ribon