birat ribon

यसरी भयो रणवीर र दीपिकाको प्रेमको अन्त्य

Neuro
यसरी भयो रणवीर र दीपिकाको प्रेमको अन्त्य

कोशी अनलाइन
साउन १०, मोरङ, केही समयअघि बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री दीपिका पादूकोण गहिरो प्रेममा थिए । तर, एकाएक उनीहरुको प्रेम सम्बन्धको अन्त्य भयो । एकपटक ब्रेकअपको खबर आइरहेका बेला उनीहरुको प्याचअप भएको खबर पनि नआएको होइन । तर, उनीहरुको प्रेमसम्बन्ध सदाका लागि टुट्यो ।

cura insider

सम्बन्धको आधिकारीक अन्त्यसँगै दुबै अर्का अर्कैसँग प्रेममा मग्न भए । रणवीर कैटरिनासँग प्रेममा मग्न हुँदा दीपिका भने रणवीर सिंहसँग प्रेममा रम्न थालिन् । रणवीर कपूरले कैटरिनासँग पनि सम्बन्ध टिकाउन सकेनन् र कैटरिनासँग ब्रेकअप गर्दै अर्की नायीका आलिया भट्टसँग प्रेममा छन् ।

आलियासँगको प्रेमका बारेमा दुबैका घरपरिवारलाई थाहा छ र यी दुबैका परिवारले घरज मगर्न भनिरहेको छ । यसैगरी अभिनेत्री दीपिका र रणवीर सिहंको पनि विवाहको हल्ला छँदैछ ।
तर, दीपिका र रणवीर कपूरको जोडी किन छुट्टियो त ? यो कसैलाई थाहा नभएको विषय थियो । र, हालैमा यसको रहस्य दीपिकाले खोलेकी छन् ।

हालै एक अन्तरवार्तामा रणवीरको नाम नलिइकन रणवीरसँगको प्रेमसम्बन्धमा धोका पाएको बताइन् । उनले भनिन्, ‘मैले उसलाई अर्कै युवतीसित रंगेहात समातेँ । त्यसपछि हाम्रो सम्वन्ध तोडियो ।’

दिपिकाले थपिन्, ‘मलाई धेरैले भनिरहेका थिए कि उसले तिमीलाई धोका दिइरहेको छ । त्यसपछि मैले उसलाई एकपटक सम्झाएँ । उसले माफी माग्यो । र, मैले दोस्रो मौका दिएँ । तर उ सुध्रिएन । अनि त सम्वन्ध तोड्नुको विकल्प नै रहेछ ।’
आफू कसैसँग प्रेममा रहँदा शरीर मात्र नभएर मन पनि उसलाई दिने गरेको दिपिका बताउँछिन् । तर, आफूले तन र मन दिएको व्यक्तिबाट धोका पाउँदा ठूलो चोट लागेको उनको भनाई छ ।

‘त्यो ब्रेकअपपछि म धेरै दिनसम्म रोएँ । बिस्तारै आफूलाई सम्हालेँ । र, पहिलेभन्दा परिपक्व बने,’ दिपिकाले भनिन् ।
हाल रणवीर पनि बलिउड फिल्म क्षेत्रमा सफलताको सिँढी चढ्ने क्रममा छन् भने खबरका अनुसार दीपिका बलिउडकै सबैभन्दा महंगी अभिनेत्री हुन् ।

jackson ribon